Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सरकार चलाउने कि नेता अल्झाउने ?

नुवाकोट पुकार ५ मंसिर २०८१, बुधबार १०:०१

शुकदेव दाहाल

व्यवस्थापिका संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिसँगै गठन भएको सरकारले चार महिना पूरा गर्दैछ । सरकार गठन भएसँगै परिकल्पना गरिएको उच्चस्तरीय समितिको नाममा सरकार सफल बनाउने भन्दै संयन्त्र गठन भएको छ ।

चार महिनापछि गठन भएको संयन्त्रको प्रत्यक्ष रुपमा नेतृत्व दुई दलका शीर्ष नेता अर्थात प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देशबहादुर देउवाले गर्ने उल्लेख गरिएको छ । यो भन्दा नि मुख्य कुरा के छ भने सरकारलाई बेला बेलामा सचेत गराउने, सरकारका काम कारबाही चित्त नबुझे त्यसको सार्वजनिक रुपमा आलोचना गर्ने नेताहरुलाई नै सरकारलाई सफल बनाउने जिम्मेवारी दिएको छ । अन्य अर्थ नलागोस् ,चोरलाई चौतारो, जस्तै भएको छ । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का,महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट् मन्त्री आरजु राणा देउवा संयन्त्रमा हुनुहुन्छ ।

कांग्रेसका अर्को धार भनौं या सरकारलाई सचेत गराउने एक समूहका नेतालाई नै वर्तमान सरकारले संयन्त्रमा राखेको छ । त्यस्तै एमालेका हस्तीहरु उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल हुनुहुन्छ । सरकारसँग वा मन्त्री भएकाहरु त यसै सरकारप्रति जिम्मेवार हुने नै भए,तर सरकारमा नभएका पार्टी सञ्चालनको महत्वपूर्ण भूमिकामा रहेकाहरु पनि सरकारका कामकारबाहीप्रति जवाफदेखि बन्नैपर्ने जुन निर्णय भएको छ त्यसबारेमा अनेकखाले टिका टिप्पणी सुरु भएको छ । के साच्चिकै ति तहका नेताहरुबाट सरकारलाई उचित राय सुझाव प्रदान होला त ? अर्को कुरा दुई शीर्ष नेताका अगाडि आफ्नो निर्णय त्यो तहबाट सम्भव होला त ? यस्ता प्रश्न वा शंकारबाट यो संयन्त्रलाई हेर्न खोजिएको छ । नेपाली राजनीतिका दुई प्रखरपात्र जो धेरै कुरा भोगेर, देखेर र लडेका आएका छन् । जसलाई नेपाली राजनीति र आफ्ना लागि नाफा घाटा राम्रोसँग थाहा छ । त्यो तहबाट दोस्रो तहका नेताहरुको भूमिका स्वीकार हुन्छ वा हुँदैन भन्ने हो ।

अर्कोतर्फ अबको नेतृत्व त्यहि तहले गर्छ जो संयन्त्रको नेतृत्वमा छन् भन्ने सन्देश पनि यो संयन्त्रले दिएको छ । तर यि सबै निश्कर्षलाई हेर्दा अब पक्कै पनि नेपाली राजनीतिका लागि कांग्रेस एमाले आगामी दिनमा राष्ट्यि शक्तिमा भए पनि नभएपनि त्यसको नेतृत्व गर्ने भनेको त्यहि तहले नै हो । तर यस पटक भने त्यो तहलाई पनि अल्झाउने र अल्मल्याउन खोजिएको हो कि भन्ने आशंका देखिन्छ । यदि त्यस्तो हो भने कांग्रेस एमाले दुवैलाई घाटा हुने निश्चित छ । यो सरकार कुनै पनि तहलाई असफल हुनु हुदैन भन्ने पंक्तिकारको धारणा हो । हो पंक्तिकारको उक्त आशंका सत्य नहोस्, वर्तमान सरकार र गठबन्धन २०८४ सम्म पुग्न सकोस् र देशले स्थायित्व प्राप्त गर्न सकोस् त्यसमा नै सिंगो देश, जनता र नेताहरुको भविष्य लुकेको छ । शुभकामना ।

Continue Reading

Previous: संसदीय राजनीतिमा ढुंगानाको भूमिका(सम्पादकीय)
Next: शान्ति सम्झौताको १८ वर्ष पूरा, अझै शान्ति प्रक्रियाका काम बाँकी

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार