
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरूसँग छलफल गर्नुहुने भएको छ ।
प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको उहाँको सचिवालयले जनाएको छ।छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा हुनेछ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बिआरआई सम्झौता गर्ने विषयमा छलफल भैरहेको छ ।
उक्त सहयोग अनुदानमा भए मात्रै लिनुपर्ने कांग्रेसको अडान रहेको छ । तर एमालेले यसमा कांग्रेससँग सहमति जनाउने प्रयास गरिरहेको छ । आज सोहि विषयमा छलफल हुने बताइएको छ ।