Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

उपनिर्वाचनले दिने राजनीतिक सन्देश(सम्पादकीय)

नुवाकोट पुकार १२ मंसिर २०८१, बुधबार ०९:३२

आगामी आइतबार अर्थात मंसिर १६ गते देशका विभिन्न ४१ स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात विभिन्न कारणले रिक्त रहेका कुल ४४ स्थान मध्ये तीन स्थानमा भने उम्मेदवारी मनोनयनका क्रममा नै निर्विरोध निर्वाचित भैसकेको अवस्था छ ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका टेकराज भट्राई निर्विरोध निर्वाचित भैसक्नु भएको छ ।

यस्तै अन्य एक समन्वय प्रमुख र एक वडा अध्यक्ष पनि निर्विरोध भैसकेको अवस्था छ आयोगका अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरूष र १ अन्य गरी जम्मा ८४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरूष र १ अन्य गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएकोमा केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी दिएका दल र स्वतन्त्र उम्मेदवारहरु आआफ्नो चुनावी क्षेत्रमा मतदाताकाबीच पुगिसकेका छन् । अब केही दिनमात्रै प्रचारको समय बाँकी भएकाले उम्मेदवाहरु मतदाताको घर दैलोमा पुग्ने प्रयासमा छन् । केही सिमित स्थानमा मात्र उपनिर्वाचन हुने भएकाले अन्य निर्वाचन क्षेत्रका राजनीतिक दलका नेता कार्यकर्ताहरु समेत निर्वाचन हुने तहमा पुगेर मतदातासँग मत मागेको देख्न सकिन्छ । जसले गर्दा पनि आम रुपमा निर्वाचनप्रतिको उत्साह बढाएको छ ।


निर्वाचन आफैमा जनमत सर्वेक्षणको एउटा पक्ष हो । मुलुकमा निर्वाचन भएको दुई वर्ष पूरा भएको छ । यसबीचमा राजनीतिक दलहरुका विचार एजेण्डा र कार्यशैलीलाई जनताले कति हेरेका छन् वा स्वीकार गरेका छन् भन्ने जनमत बुझ्ने यो एउटा समय पनि मिलेको छ । केही स्थानमा मात्रै निर्वाचन भएपनि जनताको मनस्थितिलाई यो निर्वाचनबाट पनि बझ्न सकिन्छ । बहुमत जनता कस्को पक्षमा छन् वा जनताले कसलाई विश्वास गरेका छन् भन्ने सन्देश उपनिर्वाचनले पनि दिन सक्ने भएकाले दलहरुले आआफ्नो क्षेत्रको प्रभुत्वलाई कायम राख्न कस्सिएर लागेका छन् । मुलुकमा नेपाली कांग्रेस र एमालेसहित नेकपा माओवादी केन्द्रको मुख्य शक्ति स्थापित छ ।

गत संसदीय निर्वाचनपपछि राष्ट्यि स्वतन्त्र पार्टी पनि नेपाली राजनीतिमा स्थापित हुन पुगेको छ । संसदमा २१ सिटसहित चौथो ठुलो दलको रुपमा रास्वपा स्थापित छ । यि बाहेक अन्य दलहरु छिटपुट रुपमा मात्र जनताबाट अनुमोदिन भएका छन् । तराईमा पछिल्लो समय जनमत पार्टी स्थापित भएको छ भने अन्य मधसीदलहरु क्रमश ः कमजोर बनिरहेका छन् । यो अवस्थामा देशको विभिन्न स्थानमा हुने उपनिार्वचनले दलहरुको अबस्था के छ भन्ने सांकेतिक सन्देश दिने नै छ ।

यो निर्वाचन पश्चात दलहरुलाई आफ्नो अवस्थामा सुधार गरेर जानका लागि पनि उपर्विाचन एक महत्वपूर्ण बाटो बन्नेछ । तसर्थ आम मतदाताहरुलेआफ्नो आत्मदानलाई कुनै प्रभाव र दवावमा नपरी स्वतन्त्रतापूर्क जनमत प्रदान गर्ने वातावरण निर्वाचन आयोग र नेपाल सरकारबाट हुनु पर्दछ । यो एउटा सिंगो देशलाइ सन्देश दिने अवसर हो । यस अर्थमा उपनिर्वाचन निश्पक्ष, शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न होस् हार्दिक शुभकामना ।

Continue Reading

Previous: उपनिर्वाचनको पर्यवेक्षणका लागि नौ संस्थालाई अनुमति
Next: महत र केसीको साझा अभियानले ककनीमा कांग्रेस उत्साहित

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार