
ककनी । नुवाकोट जिल्ला कांग्रेसका लागि यस्तो जिल्ला हो जहाँ केसी र महतबीच नै प्रतिस्पर्धा चल्ने गरेको छ । केसीका उम्मेदवारलाइ महतका मान्छेले सहयोग नगर्ने र महतका उम्मेदवारलाई केसीका मान्छेले सहयोग नगर्ने परिपार्टी परम्परागत रुपमा नै फैलिदै आएको छ । जसका कारण नुवाकोट जिल्ला कांग्रेसको गढका रुपमा हेरिए पनि आफ्नै पार्टीबाट हुने घात र अन्र्तरघातका कारण निर्वाचन हार्दै आएको छ । विगतका निर्वाचनमा पनि केही स्थानमा यो अवस्था देखिएको थियो ।
तर पछिल्लो पटक ककनी २ मा हुन गैरहेको उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताउन कांग्रेसका दुवै नेता कस्सिएर लागेका छन् । उपनिार्वचनको प्रचार प्रसार र मतदातासँग मत माग्न डा. प्रकाशशरण महत र पार्टीका पूर्व सभापति जगदीश्वरनरसिंह केसी दुवै जना एकसाथ पुगेका छन् ।
केसी र महत संयुक्त रुपमा कार्यक्रममा सहभागि हुने र फोटो सेसन गर्दै कांग्रेसका मतदाताईलाई एक भएको सन्देश दिन खोजेका छन । यसल मात्रै पनि कांग्रेसका नेता कार्यकर्ता र मतदाता समेत उत्साहित भएका छन् । विगतमा कांग्रेसले नै जितेको वडा भएकाले पनि कांग्रेसलाई आफ्नो प्रभुत्व जोगाउनु पर्ने बाध्यता छ । यसका लागि पार्टीमा एकता कायम हुनुपर्ने अवस्था देखिएको छ । यो अवस्थाकाबीच नेताहरुको संयुक्त अभियानले भने कांग्रेसमा मनोबल बढाएको छ । निर्वाचन समन्वय समितिका संयोजक राजन न्यौपाने नुवाकोट पुकारसँग भने दुवै जना दाईहरु आएका मत माग्नु भएको छ यसले हामीलाई पनि कांग्रेस एक छ भन्ने सन्देश दिन सहज भएको छ ।
नेकपा एमाले र माओवादीले कांग्रेसमा अन्तर्रघात हुने चर्चा बढाउने र मतदातामा भ्रम सिर्जना गर्ने भएकाले यो पटक भने त्यो सम्भावना नभएको उनले बताए । उनले भनो, हामी हाम्रो वचश्र्व राख्न सफल हुन्छौं । नेता न्यौपाने निर्वाचनको मुखमा केही साथीहरुले पार्टी छाड्नु भएको तर त्यसलेहामीलाइृ कुनैअसर गर्दै ककनी २ का जनताले काम गर्ने को हो भन्ने प्रष्ट बुझ्नु भएको छ । कांग्रेसबाट सुर्य तामाड. उम्मेदवार बनेका छन् ।
यस्तै एमाले र माओवादी पनि आफ्ना उम्मेदवार जिताउन लागि पेका छन् । पार्टीका जिल्ला नेताहरु अधिकांश एक पटक ककनी पुगेर मतदताकोमा पुगेका छन् । माओवादीबाट त झन पार्टीका नेता हितबहादुर तामाड. आफै समेत लाग्नु भएको छ । उम्मेदवारी मनोनयनका क्रममा नै उहाँले ककनी पुगेर सम्बोधन गर्नुभएको थियो । यस्तै राधिका तामाड.,हिरानाथ खतिवडासहितका नेताहरु समेत ककनी पुगेर मत माग्न व्यक्त छन् । ककनीमा ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।