Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

मेयर – प्रशासकीय प्रमुखबीच कार्यसम्पादन सम्झौता

नुवाकोट पुकार १२ मंसिर २०८१, बुधबार ०९:४२

विदुर । नगरपालिकाबाट प्रवाह हुने सेवालाई प्रभावकारी र जनस्तरसम्म पुर्याउने उदेश्यकासाथ जनप्रतिनिधि कर्मचारीचारीबीच कार्यसम्पादन सम्झौता भएको छ । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले प्रमुख प्रशासकिय अधिकृत शुभाकर पौडेल बीच कार्यसम्पादन सम्झौता भएको छ ।

सम्झौतामा हरेक शाखालाई आफ्नो कार्यक्षेत्रमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी ढंगले काम गर्नुपर्ने उललेख छ । यस्तै नगरबाट प्रवाह हुने सेवालाई गुणस्तरीय, नतिजामुखी र प्रभावकारी बनाउन, नगरको समृद्धि र विकासका लक्ष्यहरू प्राप्त गर्ने उद्देश्यलाई मूख्य प्राथमिकताकासाथ कर्मचारीलाई जिम्मेवारी तोकिएको छ । नगरपालिकाको कार्यालयमा मेयर श्रेष्ठले नागरिककका लागि प्रवाह हुने सेवा सुविधा र विकास निर्माणका काममा ढिला सुस्ती हुन नदिने लगायतका विषयलाई समेटेर प्रशासकिय अधिकृतसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।

कार्यसम्पादन सम्झौतापछि मेयर श्रेष्ठले नागरिकको काममा कुनै पनि ढिला सुस्ती हुन नहुने, कार्यालका कामलाई पारदर्शी रुपमा गर्न निर्देशन दिनुभएको थियो । साथै सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरूबीच कार्यसम्पादन सम्झौता भएको थियो । उक्त कार्यक्रममा वडा अध्यक्ष , वडा सदस्य ताथ कर्मचारी कर्मचारीको उपस्थिति रहेको थियो ।

मुलुकका संघीय संरचना अनुसार स्थानीय सरकारको जिम्मेवारी बढि रहेको छ । स्थानीय तहले आफ्नो क्षत्रभित्रका सबै व्किँस् निर्माण .स्वास्थ्य, शिक्षा, सडक, पूर्वाधारको रेखदेख तथा नियमन गर्ने र विकास निर्माणमा सहभागि हुनेछन् । यस्तै खराब गर्ने कर्मचारी,संघ संस्था सबैलाई सम्मान तथा कारबाही गर्ने अधिकार पनि स्थानीय सरकारलाई रहेको छ । तर कहिले कर्मचारी अभाव त कहिले कानुनको पूर्ण कार्यान्वयन नभएका कारण सोचेजस्तो रुपमा स्थानीय सरकारले काम गर्न सकिररहेका छैन ।

कतिपय अवस्थामा स्थानीय सरकारका काम अपारदर्शी हुँदै आएको छन् कर्मचारी र जनप्रतिनीधिबीच उत्तिकै टसल हुने गरेका छन् । माथिल्लो तहका कर्मचारीहरु सकेसम्म स्थानीय तहमा लामो समय बसेर काम गर्न चाहादैनन् । अख्तियार दुरुपयोग अनुसनधान आयोग तथा महालेखा परिक्षणको कार्यालयले त सबैभन्दा बढि भ्रष्टाचार हुने क्षेत्रका रुपमा स्थानीय तहलाई पहिलो नम्बरमा राखेको छ ।

यस्तै स्थानीय तहका बेरुजु रकम पनि अत्यधिक मात्रामा रहेको सरकारी तथ्यांकले देखाएको छ । यसले गर्दा पनि स्थानीय सरकारको काम कारबाही पारदर्शी हुनु जरुरी छ । विदुर नगरपालिकाको यो सम्झौताले कस्तो परिणाम दिन्छ त्यो भने हेर्न बाँकी नै छ ।

Continue Reading

Previous: महत र केसीको साझा अभियानले ककनीमा कांग्रेस उत्साहित
Next: नागरिकको स्वास्थ्यप्रति सचेत सरकार

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार