Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नागरिकको स्वास्थ्यप्रति सचेत सरकार

नुवाकोट पुकार १२ मंसिर २०८१, बुधबार ०९:४४

शुकदेव दाहाल

स्वास्थ्य आम मानिसको सबैभन्दा ठुलो सम्पत्ति हो । एउटा मानिस जति स्वस्थ हुन्छ उँसग त्यति नै मात्रामा उर्जा खपत भैरहेको हुन्छ । तर एउटा अस्वस्थ मानिसका लागि सबै चिज बिरानो हुन्छ । यसर्थ स्वास्थ्य जीवको अमुल्य सम्पत्ति हो । यति हुँदा हुँदै पनि उपचार नपाएर वा खर्च नभएर मृत्यु भएको खबर हामीले बेला–बेला सुन्ने गरेका छौं । जसले यो भोगेको छ उसको परिवारलाई यो भन्दा दुःखको कुरा अरु के हुनसक्छ । त्यो परिवारमा कति पीडा हुन्छ त्यो केबल भोग्नेलाई मात्र थाहा हुन्छ ।

पछिल्लो समय मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था स्थापना भएसँगै सरकारले स्वास्थ्य र शिक्षालाई आधारभुत आवश्यकताको रुपमा राख्दै यसालाई अनिवार्य र निःशुल्क बनाएको छ । यो सबैको पहुँचमा पुगेको छैन । धेरै टाठाबाटको पहुँच भन्दा बाहिर जान नसकेको हो कि भन्ने प्रश्नहरु पनि बारम्बार आउने गरेका छन् । यति हुँदा हुँदै पनि स्वास्थ्य क्षेत्रमा भएको सुधारका कारण आम नागरिकले धेरै राहतको महसुश गर्न सक्ने आधारहरु भने तयार भएका छन् । केही वर्षअघि मात्रै सरकारले विभिन्न आठ प्रकारका रोगहरुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाईसकेको छ ।

सरकारले निःशुल्क उपचार गर्न सक्ने भनेर घोषणा गरेको आठ रोगमा मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया पर्छन् । जसको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्न सकिन्छ । यद्यपि यि रोगहरुको पनि सबै निः शुल्क भने हुँदैन । यसका लागि सरकारी मापदण्ड भने पालना गर्ने पर्दछ । यो सँगै मुख्य रुपमा पाँच प्रकारका रोगहरुका लागि स्थानीय तहमार्फत प्रति व्यक्ति पाँच हजार दिने व्यवस्था समेत गरिएको छ । अर्को महत्वपूर्ण पक्ष भनेको मिर्गौला रोगबाट पीडित भएकाहरुलाई निःशुल्क डाइलोसिस गर्ने व्यवस्था गरेको छ । तर, त्यो सम्पन्न परिवारका लागि नभई विपन्न वर्गका लागिमात्र भनिएको छ । राज्यको नीति भनेको पैसा नहुनेले पनि उपचार गरुन भन्ने हो । सरकारका यि र यस्ता कदम पक्कै सरकारात्मक छन् ।


यहाँ उल्लेख गर्न खोजिएको पछिल्लो पटक स्वास्थ्य क्षेत्रमा गरिएका केही सुधारको हो । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले स्वासथ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य क्षेत्रमा केही सकारात्मक काम भएका छन् । सरकारी अस्पतालहरुमा लाइन बस्ने झण्झटको अन्त्य गर्ने प्रयासदेखि १४ वर्ष मुनिका बालबालिकाको निः शुल्क क्यान्सरको उपचार सेवा हो । यो सँगै केही दिनअघि मात्रै मृतयु पश्चात अंगदान गर्नेको परिवारलाई दुई लाख दिने निर्णय भएको छ । यसले पनि एकजानको मृतयु भएपनि अर्को मानिसको भविष्यलाई उज्यालो बनाउन सहयोग गर्नेछ । यस्तै सकारात्म्क कामको थाली हुँदे जाँदा नै हो देशको विकास हुने । केही गरौं र देशलाई अगाडि बढाऔं भन्ने विचार र भिजन भए हाम्रो जस्तो सुन्दर देश बन्न समय लाग्ने देखिदैन । तर सबै नेतृत्वकर्ताहरुमा देश बनाउने इच्छाशक्ति भने हुनैपर्दछ ।


देश राजनीतिक अधिकारका हिसावले विश्वमा अत्यन्त उत्कृष्ट व्यवस्था हो । लोकतन्त्र जनताका लागि जनताका छोराछोराीले निर्वाचनमार्फत नेतृत्व गर्ने व्यवस्था हो । तर यसलाई गलत रुपमा धनबाद, डनबाद स्त्रीबाद र आफन्तबादका रुपमा प्रयोग हुन पुग्दा देश असफलताको बाटोमा गएको छ । ढिलै भएपनि स्वास्थ्य क्षेत्रमा केही सरकारात्मक काम भैरहेका छन् । यसलाई निरन्तरता दिँदै नागरिलाई अझ निःशुल्क उपचारको व्यवस्था गर्न सरकार सक्षम बन्नै पर्दछ । तबमात्र जनताले भन्नेछन् ,वा, हाम्रो सरकार ।

Continue Reading

Previous: मेयर – प्रशासकीय प्रमुखबीच कार्यसम्पादन सम्झौता
Next: यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार