
ककनी । राजनीतिक दलहरुले मीनि जनमतका रुपमा हेर्दै आएको उपनिर्वाचनमा माओवादीलाई फलिफाप भएको छ । नेपाली कांग्रेसका उम्मेदवारलाई भारी मतकासाथ पछाडि पार्दै विजयी भएपछि नेकपा माओवादीका नेता कार्यकर्ता यतिखेर ककनीमा उत्सव मनाउँदै छन् ।

पार्टीका नेताहरु हितबहादुर तामाड.,राधिका तामाड., रामप्रसाद ढुंगानासहितका नेताहरु समेत ककनी पुगेर माओवादीको विजयर्यालीमा सहभागि भएका छन् । माओवादीका जिल्लाभित्रका धेरै नता कार्यकर्ता विजय उत्सव मनाउन भन्दै ककनी आइपुगेका छन् । ककनीमा आयोजित विजयसभालाई पार्टीका नेताहरुले सम्बोधन गर्दै अबको निर्वाचनमा माओवादी नुवाकोटमा पहिलो पार्टी बन्ने दावी समेत गरेका छन् ।
यस्तै वडा अध्यक्षमा बिजयी भएका घिमिरले सबै मतदातालाई धन्यवाद दिँदै जनताको वास्तविक प्रतिनिधिका रुपमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
स्मरणीय छ,ककनीमा २०७९ मा भएको निर्वाचनमा नेपाली कांग्रेसका तिलक लामाले यस्तै शानदार मतकासाथ माओवादीलाई हराएका थिए । तर बीचमा उनको निधन भएपछि उपनिर्वाचन भएको हो । यस पटक भने परिणाम उल्टो हुन पुगेको छ । माओवादीका घिमिरले कांग्रेसलाई झण्डै दोब्बर मतकासाथ पछाडि पार्दै वडा अध्यक्षमा पल्लाधारी बनाएका छन् । जसले गर्दा माओवादी निकै उत्साहित भएको छ ।