एसईई २०८२ को नतिजा सार्वजनिक : ६५ दशमलव ९८ प्रतिशत उत्रीर्ण

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख २८, सोमबार २१:३५

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार यस वर्ष कुल ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
नतिजाअनुसार २ लाख ८४ हजार १ सय ६० विद्यार्थी उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५ सय ७ विद्यार्थीको नतिजा ‘एनजी’ आएको छ । यस वर्षको कुल उत्तीर्ण प्रतिशत ६५ दशमलव ९८ रहेको बोर्डले जनाएको छ ।


ग्रेडअनुसार सबैभन्दा बढी विद्यार्थी २ दशमलव ८० देखि ३ दशमलव २० जीपीए समूहमा रहेका छन् । उक्त समूहमा ९४ हजार २ सय २२ विद्यार्थी रहेका छन् । त्यस्तै, ३ दशमलव २० देखि ३ दशमलव ६० जीपीए ल्याउने विद्यार्थीको संख्या ८० हजार ३ सय ७२ रहेको छ ।
३ दशमलव ६० देखि ४ दशमलव ०० जीपीए ल्याउने विद्यार्थी ४८ हजार ३ सय ९२ रहेका छन् भने २ दशमलव ४० देखि २ दशमलव ८० जीपीए ल्याउने विद्यार्थी ५५ हजार ९ सय ७७ रहेका छन् ।


त्यसैगरी २ दशमलव ०० देखि २ दशमलव ४० जीपीए ल्याउने विद्यार्थी ५ हजार १ सय ९० रहेका छन् भने १ दशमलव ६० देखि २ दशमलव ०० जीपीए ल्याउने विद्यार्थी संख्या ७ रहेको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *