Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्रधानमन्त्रीको चीन भ्रमण ः टोखा–छहरे सुरुङमार्ग निर्माणमा सम्झौता

नुवाकोट पुकार १८ मंसिर २०८१, मंगलवार १७:३०

बेइजिङ (चीन) , प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा नेपाल र चीनबिच आठ बुँदामा समझदारी भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले नेपालले सञ्चार माध्यमलाई दिनु भएको जानकारी अनुसार नेपाल र चीनबिच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । दुवै देशका प्रधानमन्त्रीबिच द्विपक्षीय वार्तापछि अन्य पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको समाचारहरुमा जनाइएको छ ।

मुख्य रुपमा टोखा–छहरे सुरुङमार्ग निर्माणको विषयलाई चीनले पनि मुख्य रुपमा हेरेको अधिकारीहरुले बताएका छन् यसअघि २०७६ मा असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला टोखा–छहरे सुरुङ निर्माणको प्रस्ताव राखिएको थियो ।

राष्ट्रपति सीले सुरुङमार्ग निर्माणमा सहयोग गर्ने सकारात्मक प्रतिक्रिया दिएका थिए ।सोही अनुसार २०७६ पुसमा चिनियाँ टोलीले सुरुङमार्गको अध्ययनका लागि नेपाल आएको थियो । काठमाडौंलाई उत्तरी नाका रसुवागढी जोड्ने छोटो दूरीको रूपमा टोखा–छहरे सुरुङमार्गलाई लिइएको छ । यसको कुल लम्बाई करिब चार किलोमिटर हुने अनुमान छ । त्यसको झण्डै पाँच वर्षपछि फेरि अर्को समझदारीमा हस्ताक्षर भएको छ ।

नेपाल सरकारले गत वर्ष भने उक्त परियोजनका लागि बजेट विनियोजन गरेन । तर त्यसअघि तत्कालिन तत्कालिन अर्थमन्त्री डा. प्रकाशशरण महतले सुरुड.मार्ग निर्माणका लागि भन्दै एक अबर बजेट विनियोजन गर्नुभएको थियो । मन्त्री महतको पहलमा आयोजना निर्माणका लागि नेपाल सरकारको तफृबाट सबै बाधाहरु फुकाउने काम समेत भएको थियो । त्यसपछिको नेकपा माओवादी र एमाले सरकारले उक्त परियोजनाका विषयमा कुनै चासो देखाएको थिए ।

उक्त सुरुड.मर्ग निर्माणको सहमति भएसँगै काठमाडौंदेखि टोखा–छहरे हुँदै सुरुङमार्गबाट केरुड. पुग्न निकै सहज हुनेछ । यसले नेपाल, भारत र चीनबीच त्रीदेशिय व्यापारिक हव बन्नेछ । यसबाट मुख्य रुपमा नुवाकोट, रसुवा र धादिड.का जनताले अझ धेरै लाभ लिन सक्नेछ । यद्यपि सम्झौता सँगै यसको कार्यान्वयन भएपनि पूर्णता पाउन भने निकै समय कुर्नुपर्ने हुन्छ ।

Continue Reading

Previous: प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच  भेटवार्ता
Next: उपनिर्वाचनको नतिजाले एक्लै निर्वाचन लड्ने जनादेश प्राप्त ः अध्यक्ष दाहाल

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार