
सफलता बोगटी
एउटा पार्टीले देशको जिबन परिवर्तन गर्न सक्छ भन्ने उदाहरण छिमेकी देश चीनको जनता र नेतृत्व परिचालन तथा जनताको मन जितेर सत्ता सञ्चालन चिनिया कम्युनिस्ट पार्टी उदाहरणीय छ । रङिन सपना आश्वासनको आडमा चुनाब जितेर सत्तामा पुग्ने र जनता बिर्सने दिर्घरोगले नेपाली राजनिति आक्रान्त छ ।
नेपाल र चीनबीचको सम्बन्धको जरा हजारौँ वर्षअघिदेखि गहिरो ऐतिहासिक र सांस्कृतिक सम्बन्धमा गाडिएको छ । ऐतिहासिक रूपमा, यी दुई राष्ट्रबीचको सम्बन्ध व्यापारिक मार्गहरूमार्फत सुरु भएको थियो । प्रसिद्ध सिल्क रोडको माध्यमले सामान र विचारहरूको आदानप्रदान मात्र भएन, सांस्कृतिक र धार्मिक आदानप्रदानले पनि यी दुई राष्ट्रबीचको सम्बन्धलाई मजबुत बनायो । अनि, नेवार व्यापारीहरूले चीनको तिब्बतसँग गरेको व्यापारले आर्थिक सम्बन्धको आधार खडा गरेको छ । नेपालका राजा अंशुवर्माका समयमा चीनसँगको सम्बन्ध उल्लेख गरिएको पाइन्छ ।
बौद्ध धर्मका प्रवर्तक तथा तिब्बतका राजकुमारी भृकुटी र चीनका बौद्ध भिक्षुहरूले धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ गहिरो बनाएका थिए । यो सम्बन्धले दुई देशबीच आपसी सम्मान र साझेदारीको उदाहरण प्रस्तुत गरेको छ ।नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध आज पनि उत्तिकै महत्वपूर्ण छ । चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो भने मित्र पनि हो । साथै, चीनसँगको खुला सिमाना भौगोलिक दृष्टिकोणले पनि आपसी सम्बन्धलाई अझ बलियो बनाउँछ ।
चीनको राष्ट्रिय विकासका महत्त्वपूर्ण आयामहरु
चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपि) को पहिलो प्राथमिकता ८० करोड किसानलाई गरिबीको रेखाबाट माथि उठाउने थियो ।
१. ठूलो मात्रामा उत्पादन वृद्धि गर्ने नीतिः
उत्पादनलाई उच्चस्तरमा वृद्धि गरी आर्थिक स्थायित्व र समृद्धि कायम गर्ने उद्देश्य राखिएको थियो।
२ कम मात्रामा उत्पादन घटाउने नीति ः
अनावश्यक तथा अलाभदायक उत्पादनलाई घटाई स्रोतहरूको प्रभावकारी उपयोग सुनिश्चित गरियो ।
३. नवप्रवर्तन र विकासलाई प्रोत्साहन गर्ने नीतिः
वैज्ञानिक अनुसन्धान, प्रविधि विकास, र नवप्रवर्तनलाई प्राथमिकता दिइयो जसले दीर्घकालीन आर्थिक प्रगतिमा महत्त्वपूर्ण भूमिका खेलेको छ । नेपालको विकाश राजनैतिक रुपमा आएका बिभिन्न शासन ब्यबस्था के नेपालि राजनितिज्ञ छिमेकि मुलुक चीनजस्तो नागरिकहरुको जीवनस्तर उच्च बनाउन चाहदैन कि सक्दैनन? चीनमा पछिल्ला चार दशकलाई आर्थिक तथा पूर्वाधार विकासमा चमत्कारको समय मानिन्छ । जापानले बुलेट ट्रेन १९६५ ताका नै चलाइसकेको थियो भने युरोपेली देशहरूले त्यतिवेलैदेखि ‘हाइस्पिड’ रेलको मजा लिइसकेका थिए । तर, सन् २००७ मा पहिलो ‘हाइस्पिड’ रेल सुरु गरेको चीन अहिले यस प्रकारको रेलमा संसारकै नेतृत्व गरिरहेको छ ।
संसारको कुलमध्ये दुईतिहाई ‘हाइस्पिड’रेल सञ्जाल चीनमै छ र चीनमा विद्यमान रेलमार्गको लम्बाइ पृथ्वीलाई दुई फन्को लगाउन पुग्नेजति छ । विश्व बैंकका अनुसार सन् १९७८ यता चीनमा ८० करोडभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीमुक्त भएको छ जुन मानव इतिहासमै सबैभन्दा द्रुत गतिमा भएको गरिबी निवारण हो । सन् २०१२ मा सी चिनफिङले पार्टीको महासचिव पद सम्हाल्ने बेलासम्म पनि चीनमा १० करोड मानिस गरिबीको रेखामुनि थिए । तर, आफ्नो वाचा अनुसार नै उनले सन् २०२० को अन्त्यमा देशमा गरिबी पूर्ण रूपमा निवारण भएको घोषणा गरिसकेका छन् । यो घोषणाले चीनमा सन् २०१२ यता हरेक दुई सेकेन्डमा एक मानिस गरिबीमुक्त भएको पुष्टि गर्छ । ‘विश्वकै कारखाना’को संज्ञा पाएको चीन सर्वाधिक निर्यात र आयात गर्ने मुलुक त हो नै, विश्वको पहिलो ठूलो अर्थतन्त्र पनि हो ।
चीनका नागरिकसँग एक दशकअघिको तुलनामा चार गुणा बढी सम्पत्ति छ भने ९० को दशकसम्म सबैभन्दा बढी अनुदान स्वीकार गर्ने चीनले अहिले विश्वभर प्रत्यक्ष वैदेशिक लगानीको नेतृत्व गरिरहेको छ र हरेक वर्ष चार खर्ब युआन दान दिन थालेको छ ।विशेष गरी, तातोपानी नाका र केरुङ नाकाबाट हुने व्यापारिक गतिविधिहरूले दुई देशलाई आर्थिक रूपमा जोड्ने भूमिका खेल्दै आएका छ्।चीन र नेपालबीच कूटनीतिक सम्बन्धमा पञ्चशीलका सिद्धान्तहरू महत्वपूर्ण मानिन्छन्। नेपालले चीनको “एक चीन नीतिलाई” समर्थन गर्दै आएको छ । यस्तै, चीनले पनि नेपालको सार्वभौमिकता र अखण्डताको सम्मान गर्दै आएको छ ।
चीनले नेपाललाई आर्थिक र प्राविधिक सहयोगको क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको छ । भौतिक पूर्वाधार विकास, सडक निर्माण, रेल्वे जडानजस्ता परियोजनाहरूमा चिनियाँ सहयोग देखिन्छ । यद्यपि, पश्चिमी मुलुकहरूको नेपालमा भएको प्रभाव, विशेष गरी अमेरिका र भारतसँगको सम्बन्धका कारण, नेपालको परराष्ट्र नीतिमा सन्तुलन कायम गर्न चुनौतीपूर्ण भएको छ । नेपाल र चीनबीचको सुदृढ सम्बन्धले दक्षिण एसियाको भू–राजनीतिक अवस्थालाई सन्तुलित गर्न सहयोग पु¥याउन सक्छ । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI मार्फत नेपालले विश्वव्यापी व्यापार र सम्पर्कको फाइदा लिन सक्छ । तर, यसका लागि नेपालको कूटनीति र निर्णय शक्तिशाली हुन आवश्यक नेपाल र चीनबीचको सम्बन्ध गहिरो ऐतिहासिक, सांस्कृतिक, आर्थिक, र कूटनीतिक आधारमा स्थापित छ । यस सम्बन्धलाई अझ मजबुत बनाउन नेपालले आफ्नो सार्वभौम नीति स्पष्ट पार्दै व्यापारिक, सांस्कृतिक, र कूटनीतिक क्षेत्रहरूमा चिनियाँ साझेदारीलाई अझ व्यवस्थित बनाउनुपर्ने सम्बन्ध मजबुत बनाउन व्यापारिक मार्गहरूको सुधार र सांस्कृतिक आदानप्रदानमा शिक्षा र पर्यटन क्षेत्रको चीनको सहयोगमा भौतिक पूर्वाधार निर्माणमा तीव्रता र पारस्परिक सम्मान र समानतामा आधारित कूटनीतिक सम्बन्धको विस्तार गर्न आवश्यक देखिन्छ ।
चीनको यस्तो लामो र सुमधुर सम्बन्धकाबीच प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर चीनको औपचारिक भ्रमणमा हुनुहुन्छ । यो भ्रमणलाई नेपालले मात्रै होइन अन्य देशहरुले समेत महत्वपूर्ण रुममा रहेको अवस्ता छ । मुख्य त नेपाललेबि आर आईका विषयमा के गर्छ भन्ने कुरा महत्वपूण छ । यसमा नेपाल प्रष्ट भएर नै भ्रमणको तालिका तयार भएकौ छ । तर यसमा चीन सरकारको पनि सहमति आवश्यक पर्ने हुनाले दुई देशबीच हुने आपसी सहमतिमा निर्भर गर्ने गर्दछ ।
तर पनि नेपालले बीआईआईलाई सहयोगको रुपमा ल्याउन सकेको खण्डमा विकास आधारहरु धेरै तयार हुनेछन् । भनेको अर्कोतर्फ यो भ्रमणले नेपाल र चीनको भ्रमणलाई अझ बलियो र प्रगाढा बनाउने छ । यसकारण अन्य राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध राख्दै चीनसँगको सम्बन्ध बलियो बनाउने रणनीति अपनाउनुसक्नुनै नेपालको मुख्य उपलब्धी हुनेछ ।(लेखिका बोगटी युवा राजनितिक प्रशिक्षक तथा राजनितिकशास्त्र केन्द्रिय बिभाग स्नातकोत्तर हुनुहुन्छ । )