Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

असभ्य समाजिक सञ्जाल

नुवाकोट पुकार १९ मंसिर २०८१, बुधबार ०८:१४

शुकदेव दाहाल

प्रविधिको विकासँगै नेपाली समाजपनि धेरै प्रविधिमैत्री भैसकेको अवस्था छ । गाउँघरमा बस्नेहरु होस् कि शहरमा सबैको हात हातमा स्माट फोन छन् । स्माट फोनमार्फत सजिलै देश विदेशका घटेका घटनाहरु, समाचारहरु बुझ्न र जान्न सकिन्छ ।

सामाजिक सञ्जालमार्फत आफूले बोलेका कुराहरु पनि छिनभरमा नै संसारभर फैलिन्छ । त्यसबाट प्राप्त हुने सकारात्मक र नकारात्मक सुझाव र प्रतिक्रियाले मानिसलाई अघि बढ्न अझ मद्दत पनि पुग्दै आएको छ । तर कतिपय यस्तो अवस्थाहरु पनि आउँछ् त्यससको गलत प्रचारले समाजलाई नै नकारात्म्क बाटोमा लैजाने गर्दछ ।

पछिल्लो समय त समाजिक सञ्जालमार्फत प्राप्त सुझावालई नै सरकारले वास्तविक सुझावका रुपमा लिन थालेको अवस्था पनि छ । समाजिक सञ्जालले नै कतिलाई हिरो बनाएको छ भने कतिलाई जिरो बनाएको छ । कति मानिस धनी भएका छन् त कि गरिब भएका छन् । कतिका घरबार बिग्रिएको छ तर कतिका जोडिएका पनि छन् । यस्तै सकारात्मक र नकारात्मक सन्देशकाबीच सामाजिक सञ्जाल सबैका लागि प्रिय बनिरहरेको छ र साथी पनि बनिररहेको छ ।


समाजिक सञ्जालको यहि सदुपयोगकाबीच केही दिन अघि मात्रै नेपाली कांग्रेसका महामन्त्री गगन थापा टोलको सिकार बनेका छन् । युवाहरुकाबीच निकै लोकप्रिय, कांग्रेस महामन्त्री थापाको बोली निकै दमदार हुने गर्दछ । मुलुकमा गणतन्त्रप्राप्तिका लागि थापाको क्रान्तिकारी भाषणा निकै ,पपुलर, थिए ।

आज पनि थापाको भाषण सुन्न संसदमा समेत नेताहरुले धैर्य गरेको देखिन्छ भने सडकमा त झन कुरै भएन । अन्य दलहरु समेत थापाको भाषण सुन्न लालायित हुने गरेका छन् । बोल्ने कला मात्रै होइन काम गर्ने क्षमता भएका र गरौं भन्ने भावना भएका नेता पनि हुन ।यति हुँदा हुँदै पनि थापाले केही दिनअघि किर्तिपुरमा दिनुभएको एक मन्तव्यलाई लिएर समाजिक सञ्जाल नकारात्मक प्रतिक्रियाले भरिएका छन् । किर्तिपुरको डाँडामा बसेर एकदेखि ३ लाख कमाउन सकिन्छ भन्ने थापाको अभिव्यक्तिलाई बड.्ग्याउन खोजिएको छ ।

लोकतन्त्रमा विरोध गर्न पाइने कुराप्रति पंक्तिकारले विरोध गर्न खोजेको होइन । तर जुन हिसाबले कुरालाई अर्को व्यड्.गात्मक रुपमा ढाल्न बनाउन खोजिएको त्यो भने असभ्य चरित्र हो , यस्तो असभ्य समाजले देशलाई हित गदैन भन्न मात्र खोजिएको हो ।


हो,साच्चिकै अहिले आईटी पढेको दक्ष युवाहरु घरमा नै बसेर महिनामा लाखौं कमाईरहेका छन् । नेपालमा समेत धेरै आईटीको माग छ । अहिले हामी हरेक कुरा प्रविधिमार्फत गरिरहेका छौं । विदेशमा त यसको माग कति छ शिक्षित जमातले पक्कै बुझेका छन् । पंक्तिकारु पनि दावीकासाथ भन्न सक्छ आईटी पढेकाहरुले नेपालमा अहिले पनि राम्रो आम्दानी गरिरहेका छन् । त्यो पनि किर्तिपुर जस्तै घरमा बसेर नै गरिरहेका छन् । यो कुनै जोक होइन यथार्थ हो तर यसालाई टोल बनाउने र नकारात्मक टिप्पणी गर्नु भनेको असभ्यताको उपज हो । यसले नेपाली समाज पूरै देशप्रति नकारात्मक भएको जस्तो देखिन्छ ।

केही हदसम्म नेताहरुप्रति सबैको गुनासो छ । तर यो कुरामा थापाको भनाई सत्य छ । तर काम गर्नुपर्छ यति हो । यसले थापालाई कुनै त्यस्तो अप्ठेरो भएको छैन, उनी झन चर्चित भएका छन् ,राजनीतिक रुपमा थापाको हाइट बढिरहेको छ र उनी एक आशा लाग्दा नेता पनि हुन र त्यो क्षमता उनका देखिन्छ । भलै भोलि के गर्लान त्यो उनीमा नै भर पर्ने कुरा हो । तर यसले घाटा हामी जस्ता काम नभएर कसैलाई टोल बनाउन ल्यापटप बोकेर हिड्नेहरुलाई नै भएको छ र हुनेछ । समाज बदल्नेहरुलाई सँधै असभ्य ढंगले वा प्रतिशोध साध्दैमा कसैलाई फरक पर्दैछ । जो संसचारमा प्रचलति छन् वा महान बनेका उनीहरु यस्तै आलोचनाबाट अघि बढेर नै भएका हुन । चेतना भयाँ ।

Continue Reading

Previous: नेपाल र चीनबिचकोको अन्तरकुन्तर सम्बन्ध ः सफलता बोगटी
Next: तीन दललले पाएको जनविश्वास (सम्पादकीय)

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार