
जनमत परिक्षणको रुपमा समेत हेरिएको उपनिर्वाचन सम्पन्न भएको छ । सोमबार राति अबेर सार्वजनिक भएको सबै स्थानको परिणाम अनुसार नेपाली कांग्रेसले १९ स्थानमा जित हासिल गरेर पहिलो दल बन्न सफल भएको छ । समग्रमा कुल ४४ पदमध्ये कांग्रेस १९, माओवादी ११, एमाले ८, जसपा २ तथा एस, रास्वपा, नेमकिपा र स्वतन्त्र १÷१ पदमा विजयी भएका छन् । २०७९ सालमा भएको स्थानीय तहको आम निर्वाचनपछि विभिन्न कारणले निर्वाचन गर्नुपरेको अवस्था थियो ।
स्थानीय तहको उपनिर्वाचन भएकाले खास रुपमा यो स्थानीय सरकार र नागरिकबीचको मात्रै सम्बन्ध हुने भएकाले यसलाई राष्ट्यि स्तरमा महत्व दिनुपर्ने आवश्यकता थिएन । किनभने जनताले आफ्नो वडा वा पालिकामा कसले काम गरेको छ वा को उम्मेदवार आफूलाई मन परेको छ भनेर छान्न सक्ने भएकाले यसलाई त्यति धेरै माथिल्लो तहबाट प्रभावित पार्न सक्ने अवस्था थिएन । तर राजनीतिक दलहरुले मुलुकको अस्थिर राजनीकित अवस्था र बारम्बार सरकार परिवर्तन हुने स्थितिकाबीच आफ्नो दललाई जनताकाबीच परिक्षणको रुपमा यो निर्वाचनलाई लिएका थिए । मुख्य दल कांग्रेस, एमाले र माओवादी यसलाई जनमत परिक्षणको रुपमा भन्दै आफ्नो शक्ति सबै लगाएको देखिन्थ्यो ।
यस्तै नयाँ शक्तिको रुपमा उदाएको राष्टिय स्वतन्त्र पार्टी पनि प्रमुख दलहरुप्रति आम जनातमा असन्तुष्टि भएको निश्कर्षकासाथ जनमत आफ्नो पक्षमा आफ्नो आउने आँकलनकासाथ निकै उत्साहित देखिन्थ्यो । केही मधेसी दल बाहेक अन्य दलहरुले निर्वाचन आयोगमा आफ्नो उपस्थिति कायम राख्नका लागि मात्रै उम्मेदवारी दिएको कुरा उनीहरु आफैले स्वीकार गर्दै आएका छन् ।
समग्र राजनीतिक दलको मुल्याड.्कन गर्ने व्यवस्था भनेको नै जनमत हो । जनाताको मतद्धारा नै शासन गरिने हुनाले यसको महत्व हुने नै भयो । त्यसमा पनि कुल उम्मेदवाहरुमध्ये सबैभन्दा बढि ल्याउनेले जित्ने भएकाले जितका लागि दलहरु लाग्नु स्वभाविक हो । तर जनताले दिने आत्मदानले नै जनमत निर्धारण हुने भएकाले कसैले चाहेर पनि केही अपबाद बाहेक जनमतलाई सजिलै प्रभाव पार्न सक्दैन यस अर्थमा यस पटकको जनमत पनि कसको पक्षमा रहेछ भन्ने निश्कर्षमा पुग्न सकिन्छ ।
मुख्य रुपमा आम रुपमा देखएिको भनिएको निराशा र ठुला दलहरुप्रतिको नागरिकको असन्तुष्टिकाबीच भएको भनिएको उपनिर्वाचनले पनि मुलुकका प्रमुख तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीलाई नै मतदान गरेका छन् । तीन दलको मतलाई हारेको जितेको स्थानको समग्रह रुपमा हेर्ने हो भने करिब ७० देखि ८० प्रशित जनमत तीन दलको पक्षमा नै रहेको छ । कांगे्रसेले जितको स्थानमा कि त एमाले कि त माओवादी प्रतिद्धन्द्धी बनेको छ । यो तीन दलले जितेका सबै स्थानमा लागू भएको छ । यसले गर्दा आम जनता दलहरुप्रति असन्तुष्ट भएपनि वास्तविक रुपमा आफ्नो संरक्षक भने त्यहि कांग्रेस, एमाले र मओवादीलाई रोजेको देखियो ।
लोकतन्त्रका लागि लामो समयदेखि योगदान गरेका प्रमुख दलहरुको पक्षमा जनमत आउनु सिंगो लोकतन्त्रका लागि पनि सकारात्मक संकेत हो । यसले आम नागरिक लोकतन्त्र र राजनीतिक दलहरुको विकल्पमा गएको अवस्था देखिएन । यसले तीन दलको काँधमा जिम्मेवारी थपिएको छ । जनता आफुसँग टाढा भएका होईनन् कि केबल असन्तुष्ट मात्रै भएका हुन भन्ने कुार उनीहरुले बुझ्नु जरुरी
। अब जनतालाई सन्तुष्ट पार्ने र जनमतको कदर गर्ने काम पुन ः तीन दलको काधमा नै आएको छ । यसालई उनीहरुले थप गम्भीरताकासाथ लिनु पर्ने देखिन्छ । तीन दलको पक्षमा विगत १५ वर्षदेखि जनमत घुमीरहेको छ । तर उनीहरुले देशलाई सहि गन्तव्यमा पुर्याउन सकिरहेका छैनन् । यो पटक पनि फेरि जनताले त्यो अवसर दिएका छन् र यो जनातको विश्वासलाई दलहरुले इमान्दारिातकासाथ पुरा गर्नै पर्दछ । नत्र सँधै जनताले साध दिने छैनन् । आफ्ना कमजोरीकाबीच पनि पाएको जनमतको सम्मानकासाथ कदर होस् । जनताले फेरि पनि शान्ति।लोकतन्त्र र विकासलाई रोजेका छन् । ठुला दलहरुलाई तना भयाँ ।