Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

‘ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य काम गर्नुपर्ने’

नुवाकोट पुकार २० मंसिर २०८१, बिहीबार १९:४६

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विश्व स्वयंसेवक दिवसका अवसरमा महानगरद्वारा आज यहाँ आयोजित २५औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा बोल्दै उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरूले उत्कृष्ट काम गरेको बताउनुभयो । उहाँले स्वास्थ्य स्वयंसेविकाहरूका लागि प्रत्येक वर्ष कुनै न कुनै काम गरिरहेको उल्लेख गर्नुभयो ।

“तपाईँहरूको हरेक कामको मूल्याङ्कन हुन्छ, यस वर्ष स्वयंसेवक कोषमा नौ लाख रुपैयाँ जम्मा गरिदिनेछौँ”, प्रमुख महर्जनले भन्नुभयो । उहाँले दिगो विकास लक्ष्य २०३० को उपलब्धि हासिल गर्न बालबालिकाको मृत्युदर र मातृ मृत्युदर कम गर्न स्वयंसेविकाहरूलाई जिम्मेवारीपूर्वक लाग्न आग्रह गर्नुभयो । 

महानगरका प्रवक्ता, सामाजिक विकास समितिका संयोजक एवं वडा नं ९ का अध्यक्ष राजु महर्जनले सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले समाजलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । 

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा भुवन पौडेलले मातृ मृत्युदर र बाल मृत्युदर घटाउने महत्वपूर्ण भूमिकामा स्वास्थ्य स्वयंसेविकाहरू रहेकाले उहाँहरूलाई उत्साहित र प्रोत्साहित गरेर अझै सुधार ल्याउनुपर्ने  बताउनुभयो । 

ललितपुर महानगर जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले पछिल्लो समयमा स्वयंसेविकाहरूले आमा र बच्चाको स्वास्थ्यमात्रै नभई दीर्घ रोगका बारेमा समेत चेतना जगाउँदै सजग बनाएको बताउनुभयो । ललितपुर महानगरमा हाल एक सय ८७ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।

Continue Reading

Previous: नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको छ : प्रधानमन्त्री ओली
Next: वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार