
गढीमाई मेलामा नुवाकोटको बेलकोटगढी नगरपालिकाको तर्फबट राखिएको स्टल, जहाँबाट कफि र खुर्सानीको प्रदर्शनी भैरहेको छ, तस्बिर, नगरपालिका कृषि शाखा
काठमाडौं । बाराको गढीमाई मेलामा नुवाकोट जिल्लाको कफी र अकबरे खुर्सानीे प्रदर्शनीमा राखिएको छ । कनेक्ट किसान प्रालिले सञ्चालन गरेको ‘बृहत कृषि प्रदर्शनी’ मा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं २ लगायत अन्य वडाभित्र उत्पादन भएको कफी र अकबरे खुर्सानी प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ । नुगरपालिकाको कृषि शाखाले स्टलसहित आफ्नो पालिकाबाट उत्पादन भएको खुर्सानी र कफी राखिएको जनाएको छ ।

यस्तै शुक्रबार नगरपालिका मेयरसहितको टोलीले कृषि अबलोकन गर्दै नगरपालिकाको प्रचार प्रसार समेत गरेको छ । शुक्रबारको कार्यक्रममा बोल्दै मेयर लामाले नुवाकोट जिल्लाको बेलकोटगढी कृषिजन्य उत्पादनका लागि उर्बर भूमि रहेको बताउनुभयो ।
यस्तै स्टलमा पालिकाभित्रको सांस्कृति तथा धार्मिक स्थलहरुको समेत प्रचार गरिएको मेयर जगत लामाको सचिवालयले जनाएको छ । प्रदर्शनीमा उपस्थित सहभागिहरुले निकै चासोकासाथ कफिको स्वाद लिएको र खुर्सानीले पनि राम्रो छाप दिन सफल भएको नगरपालिकाले दावी गरेको छ । पछिल्लो समय नुवाकोट जिल्लको बेलकोटगढीमा व्यवसायिक रुपमा कपीm उत्पादन हुँदै आएको छ । नगरपालिकाको माथिल्लो भेगमा अकबरे खुर्सानी प्रसस्त पाइन्छ । नगरपालिकाले आफ्नै खर्चमा प्रदर्शनी तथा स्टल राखेको बताइएको छ ।

उक्त मोलमा १८ पालिकाको समेत गरी १५० वटा स्टलहरू रहेका छन् । जहाँ सिन्धुलीको जुनार, रौतहटको ड्रागनफ्रुट, वीरगञ्जको च्याउ, चितवनको बेसार, सप्तरीको अचार, प्युठानको अर्गानिक मह लगायत प्रदर्शनीमा राखिएका छन् ।यसैगरी सातै प्रदेशको सात फरक परिकार कोदोको सेलरोटी, कोदोको मःम, खुवाको योमरी, मौलिक आलु, गुन्द्रुकको अचार र लोकल खाना समेत समावेश छन् ।
कृषिमा आधुनिक प्रविधि अन्तर्गत थोपा सिँचाइ प्रविधि, नर्सरी तथा माछाको प्रदर्शनी, कृषि उपकरणमा विभिन्न कम्पनीका ट्याक्टर, रोटावेटर, हार्बेस्ट कम्पाइन तथा अन्य आवश्यक उपकरणहरू राखिएका छन् । प्रदर्शनीमा किसानहरुले कृषि तथा पशु सेवाका विशेषज्ञसँग कृषि सम्बन्धी विभिन्न समस्या र अवसरको विषयमा प्रत्यक्ष संवाद गर्ने व्यवस्था समेत मिलाइएको कनेक्ट किसान प्रालि अध्यक्ष सञ्जिता लामिछानेले जानकारी दिइन् ।

त्यस्तै कृषि प्रदर्शनीमा रोबोट पनि रहेको छ । किसानहरूले आफ्नो कृषि समस्याको विषयमा सिधै रोबोटलाई सवाल जवाफ गर्न सक्ने व्यवस्था पनि मिलाइएको छ । १८ मंसिरमा कृषि प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका थिए । प्रदर्शनी २४ मंसिरसम्म सञ्चालन हुने प्रदर्शनीमा २ लाख मानिसले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकहरुको दावी रहेको छ । ( बारामा रहेका अनमेश श्रेष्ठको सहयोगमा)