Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

हाम्रो पार्टीमा विरोध गर्न पाईन्छ : सभापति देउबा

नुवाकोट पुकार २२ मंसिर २०८१, शनिबार १०:१८

धरान, मङ्सिर २२ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस पार्टीमा विरोध गर्न पाइने बताउनुभएको छ ।

शुक्रबार धरानमा आयोजित नेपाली काङ्ग्रेस धरान उपमहानगर समितिको आयोजनामा गिरिराज आचार्यद्वारा लिखित पुस्तक विमोचन तथा “गिरिराज आचार्य श्रृजनशील पत्रकारिता पुरस्कार” वितरण तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

“हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो, बोल्न र विरोध गर्न पाइन्छ” उहाँले भन्नुभयो, “हाम्रो पार्टी जिवन्त पार्टी हो, सबै साथीहरु एकजुट भएर लागे पार्टीले धरानलाई एकदमै राम्रो बनाउन सक्छ । धरानको खानेपानी समस्या पनि हटाउन सक्छ । सबै साथीहरु एकजुट भएर लाग्नुहोला ।” 

कार्यक्रममा सुनसरीका अग्रजनेता, लेखक, साहित्यकार गिरीराज आचार्यद्वारा लिखित “विपि कोइरालाका साहित्यिक विचारहरु” नामक पुस्तक पूर्व प्रधानमन्त्री देउवा, गृहमन्त्री रमेश लेखक, पूर्वमन्त्री तथा पार्टीको केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की लगायतले विमोचन गर्नुभएको थियो ।

नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको संस्थापक तथा पार्टीको अग्रज नेता विपि कोइरालाको पुस्तक विमोचन गर्न पाउँदा एकदमै खुशी भएको सभापति देउवाले भन्नुभयो । 

उक्त पुस्तक आम पार्टीका नेता तथा कार्यकर्ताका लागि मार्गदर्शन बन्ने पूर्व प्रधानमन्त्री देउवाले बताउनुभयो । यो पुस्तक कांग्रेसका लागि मात्र नभइ समग्र पार्टी तथा आम मानिसको लागि पनि प्रेरणाको स्रोत हुने गृहमन्त्री लेखकले धारणा राख्नुभयो । 

बीपीका साहित्यिक चिन्तनको पुस्तकमा विपिका असंख्य अन्तवार्ताहरूलाई समेटेर विषय छुट्याइ एकै ठाउँमा दिनु ठुलो मेहनत भएकाले पुस्तक धेरै काम लाग्ने र उपयोगी भएको उल्लेख गर्दै पूर्वमन्त्री तथा केन्द्रीय सदस्य कार्कीले थप सफलताका शुभकामना व्यक्त गर्नुभयो । 

कार्यक्रममा मान्छे जीवित हुँदा नै पुरस्कार स्थापना गरिएको “गिरिराज आचार्य श्रृजनशील पत्रकारिता पुरस्कार” वरिष्ठ पत्रकार हर्ष सुब्बा र पत्रकार विनय प्रधानलाई पूर्व प्रधानमन्त्री देउवा लगायतले सम्मानपत्र तथा पत्रकारिता पुरस्कारले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काङग्रेसको सहमामन्त्री भिस्म आङदाम्बे, पूर्वमन्त्री प्रकाशसरण महत, पूर्वमन्त्री तथा केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु डिला संग्रौला, राजिव कोईराला, राजिव ढुङ्गाना, लक्ष्मी खतिवडा, धरान उपमहानगरपालिकाको पूर्व नगर प्रमुख तिलक राई, बराहक्षेत्र नगरपालिकाको नगर प्रमुख रमेश कार्कीलगायत पार्टीको सबै नेताहरूको सहभागिता रहेको थियो ।गोरखापत्रबाट

Continue Reading

Previous: एनपिएलमा आजका खेलहरू
Next: एमाले सचिवालय बैठक आगामी मंगलबार बस्ने

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार