
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालय बैठक मङ्गलबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले यही मङ्सिर २५ गते अपरान्ह ४ बजे सचिवालय बैठक बस्न जानकारी दिनु भएको छ ।
अधिकारीका अनुसार बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ ।