
काठमाडौँ — पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएका छन् । डा. बाबुराम भट्टराई नेतृत्वको(नेसपा)निकट शिक्षक समाजबीचका केन्द्रीय देखि सबै तहको नेतृत्व माओवादीमा समाहित भएको हो ।
आज दुवै संगठनबीच एकता भएको घोषणा गरिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा दुवै संगठनबीच एकता भएको घोषणा गरिएको हो ।
कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी र शिक्षक समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गरेका थिए । कार्यक्रममा दुवै संगठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबीच एकता भएको घोषणा गरिएको हो । पछिल्लो समय डा. भट्राईको पार्टी निश्क्रिय जस्तै बन्दै गएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि माओवादी अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सबै दलको साझा सहमति कायम हुने विश्वस समेत व्यक्त गर्नुभएको थियो ।