Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

बागमती सरकारलाई जनचाहनाअनुसार काम गर्न दलीय संयन्त्रको निर्देशन

नुवाकोट पुकार २३ मंसिर २०८१, आईतवार १९:४४

काठमाडौं । सत्तासाझेदार दलहरू एमाले र कांग्रेस सम्मिलित बागमती प्रदेशस्तरीय दुईदलीय संयन्त्रले बागमती प्रदेश सरकारलाई जनचाहनाअनुसार काम गर्न निर्देशन दिएको छ। आइतबार काठमाडौंमा बसेको संयन्त्रको बैठकले यसअघि प्रदेश सरकारले गरेका निर्णय र सम्झौताहरूलाई पनि यथाशीघ्र कार्यान्वयन निर्देशन दिएको संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको संयन्त्रको बैठकले गत ११ र १२ असोजमा अविरल वर्षासँगै आएको बाढीपहिरोले प्रदेशका जिल्लाहरूमा पुर्‍याएको क्षतिको विवरण संकलन गरी पुनर्निर्माण र विस्थापितलाई पुनर्स्थापनाको लागि आवश्यक बजेट व्यवस्थापन गर्न भनेको छ ।

यसैगरी, संयन्त्रको बैठकले प्रदेशमा बाँकी रहेका राजनीतिक नियुक्तिहरूमा दुई दलको आपसी सहमतिमा टुंग्याउन पनि निर्देशन दिएको छ। यस्तै, प्रदेशभित्र देखिएका समस्याग्रस्त सहकारीहरूको पहिचान गरी ती सहकारीका समस्या समाधानमा चासो दिन प्रदेश सरकारलाई निर्देशन दिएको सचिव नेपालले बताए।

बैठकमा कांग्रेसको तर्फबाट सभापति बानियाँसहित, मुख्यमन्त्री बहादुरसिं लामा र उपसभापति चन्द्र महर्जन तथा एमालेका तर्फबाट प्रदेश इन्चार्ज राजन भट्टराई, प्रदेश अध्यक्ष कैलाश ढुंगेल र संसदीय दलका नेता जगन्नाथ थपलिया, मुख्यमन्त्री सिंहका राजनीतिक सल्लाहकार विनोद शाहको सहभागिता रहेको थियो।

Continue Reading

Previous: शेयर बजार ओरालो लाग्ने क्रम जारी
Next: यस्तो छ आजको मौसमको पूर्वानुमान

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार