
शिव देवकोटा, प्रेस युनियनबाट , कृष्ण सारुमगर,प्रेस सेन्टर
काठमाडौं । नेपाल पत्रकार महासंघको२९ औं महाधिवेशन अन्तर्रगत आज प्रदेशमा उम्मेदवारको मनोनय दर्ताको कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ताका लागि आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।कार्यतालिका अनुसार प्रदेश समितिको उम्मेदवारको मनोनयन आज मंसिर २४ , जिल्ला र प्रतिष्ठानको २६ गतेका लागि तय गरिएको छ । सोहि अनुसार आज प्रदेशमा उम्मदवारी दर्ता गरिदै छ ।
प्रेस युनियन र चौतारीले आफ्ना साझा उम्मेदवार बनाएका छन् भने माओवादीसहितका अन्य संगठनहरुले पनि उम्मेदवारको तयारी गरेका छन् । यस्तै दुई संगठनबीच भएको सहमति अनुसार बागमतीबाट युनियनका तर्फबाट वर्तमान अध्यक्ष शिव देवकोटाले अध्यक्षमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।
देवकोटा वर्तमान अध्यक्ष तथा प्रेस युनियनबाट लामो समय राजनीति गर्नुका साथै पत्रकारितामा २०५४ सालदेखि नै क्रियाशिल छन् ।देवकोटा टेर्ड युनियन आन्दोलनमा पनि उत्तिकै सक्रिय छन् । उनले प्रेस युनियन केन्द्रीय सदस्य, बागमती प्रदेश इन्चार्ज भएर काम गरिसकेका छन् ।
यस्तै महासचिव कृष्ण सारु मगरले पनि अन्य संगठनको समर्थनमा प्रदेश अध्यक्षका लागि उम्मेदवारी दर्ताको तयारी गरेका छन् । प्रेस सेन्टरमा आवद्ध रहेका मगरले आइतबार नै आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरिसकेका छन् । मगर हेटौडामा नै बसेर पत्रकारिता गर्दै आएका छन् । उनी माओवादी निकट पत्रकारहरुको संगठनमा आवद्ध छन् । अन्य केही पत्रकारहरुले पनि अध्यक्षका लागि उम्मेदवारी दर्ताको तयारी गरेका छन् ।
पटक पटक स्थगित भएको महासंघको निर्वाचन यस पटक भने सुनिश्चित भएको छ । यसअघि महासंघको निर्वाचन समितिले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखाबाट प्राप्त नामावलीअनुसार सूची प्रकाशित गरेको थियो । २८ गते हुने निर्वाचनमा सहभागी हुन सम्पूर्ण सदस्यले विधानबमोजिमको शुल्क भुक्तानी गरेको हुनुपर्ने निर्वाचन समितिले विज्ञप्तिमा जनाएको छ ।
