Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सवारी ज्यान मुद्दामा भाइरल झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि कारागार चलान

नुवाकोट पुकार २४ मंसिर २०८१, सोमबार १५:३३

काठमाडौं । सवारी ज्यान मुद्दामा पक्राउ परेका भाइरल झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

गएको कात्तिक २८ उनले चलाएको कारको ठक्करबाट बा प्र ०२–०१८–प ६८७५ नम्बरको मोटरसाइकलमा सवार दम्पतीको ज्यान गएको थियो। कात्तिक २८ गते दिउँसो काठमाडौंको शंखरापुर नगरपालिका९९ स्थित साँखु–थली सडकखण्डमा उनले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो।दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका २ आलापोटका ३८ वर्षका नारायण नगरकोटी र उनकी पत्नी ३२ वर्षकी सानुमाया नगरकोटी घाइते भएका थिए।

दुर्घटनाको भोलिपल्ट अस्पतालमा दुवै जनाको मृत्यु भएको थियो। दुर्घटनापछि कार त्यहीँ छाडेर भागेका झाँक्रीपछि बौद्ध प्रहरी वृत्तमा उपस्थित भएका थिए। उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो।तर दुवै जनाको ज्यान गएपछि पीडित परिवारले आर्थिक सहायताको माग गर्दै शव समेत बुझ्न मानेका थिएनन्। झाँक्रीले मृतकका परिवारलाई आर्थिक सहायता दिएपछि शव पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको थियो।

Continue Reading

Previous: शेयर बजार ओरालो लाग्ने क्रम जारी, आज १२.८४ अंकले घट्यो
Next: नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा हेल्लो हेल्थ शुरु

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार