
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।सोमबार अध्यक्ष सिलवालउपर नपाएको ओहदा पाएँ भन्ने एवं झुट्टा विवरण दिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र सहित मुद्दा दायर गरेको हो ।अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार अध्यक्ष सिलवालले नागरिकतामा पटक(पटक जन्ममिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको भेटिएको छ । प्राधिकरणको अध्यक्षको हैसियतमा सिलवालले २०८० साल साउन १६ गते अवकाश पाउनुपर्नेमा ६६ वर्ष पुग्दा पनि पछिल्लो ९ महिनादेखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरिरहेको अख्तियारले जनाएको छ ।
सिलवालको जिल्ला प्रशासन कार्यालय, पर्साबाट जारी मिति २०३२।११।२४ गतेको नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख भएको, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रतिलिपि प्राप्त गर्दा मिति २०६६।०१।१७ गते जारी नागरिकतामा जन्म मिति २०१६।०७।२२ उल्लेख भएको, त्रिभुवन विश्वविद्यालयवाट जारी डिप्लोमा तहको ट्रान्सक्रिप्टमा जन्म मिति २०१५।०४।१५ उल्लेख भएको, स्वंयले भरेको नोकरी तथा वैयक्तिक विवरण९सिटरोल० मा समेत ट्रान्सक्रिप्टको नै जन्म मिति २०१५।०४।१५ उल्लेख गरी विवरण भरी निजामती सेवामा मिति २०४३।०४।०१ गते रा।प। तृतीय श्रेणीको पदमा नियुक्ति लिएको, सोही जन्म मितिको आधारमा निजामती किताबखानाबाट निवृत्तिभरण अधिकार पत्र प्राप्त गरी, मिति २०७३।०४।१५ गते अनिवार्य अवकाश प्राप्त गरेको देखिएको अख्तियारले जनाएको छ । सिलवाल आफैंले २०१५।०४।१५ लाई नै जन्म मिति कायमरस्वीकार गरेरगराएको पनि प्रवक्ता घिमिरेले जनाएका छन् ।
सिलवालले कूटनीतिक राहदानी, विशेष राहदानी लिने बेला राहदानी आवेदन फारममा उमेरको झुटो विवरण दिएको समेत खुलेको छ । प्रवक्ता घिमिरेका अनुसार राहदानी लिने क्रममा उनले जन्म मिति २०१८।०७।२४ कायम गरेको देखिएको छ । उनले आफ्नो वास्तविक जन्ममितिभन्दा करिब ३ वर्ष उमेर घटाएर उक्त राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुट्टा विवरण पेस गरेका थिए । सिलवालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र दफा १६ को उपदफा ९१० बमोजिमको कसुरजन्य कार्यमा सोही ऐनको दफा १५ र दफा १६ को उपदफा ९१० बमोजिम कारबाही हुने अख्तियारले जनाएको छ ।
सिलवालले २०८०।०४।१५ गते देखि हाल सम्म लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार १ सय ५४ रुपैयाँ १६ पैसा असुलउपर हुन मागदाबीसहित सोमबार अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।