
विश्वमा प्रविधिको विकाससँगै छिन छिनका कुरा क्षणभरमा नै जानकारी प्राप्त हुने र त्यसलाई सजिलै डडेलो जसरी फैलाउन सकिने भएको छ । गाउँको सामान्य मानिसहरु प्रविधिको विकासका कारण आज विश्वमा घट्ने हरेक प्रकारका घटनाका जानकार हुन थालेको अवस्था छ । प्रविधिले गाउँ र एक बनाएको छ ।
देश रविदेश एक भ्एको छ । यो एक प्रकारको विकासको खुड्किलो हो । गाउँ वा शहर जहाँ रहेपनि मानिस सूचनाको संसारबाट अभ्यन्त हुन पाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्ना कुरा पनि तत्काल सबैका सामु पुर्याउन सक्ने भएको छ । यसले समाजलाई सुसुचित र सचेत दुवै बनाएको छ । यहि प्रविधिले दिएको सुविधाबाट समाज असल र गलत दुवै बाटोतर्फ अग्रसर हूँदै गएको छ । सकारात्मक सोचका विकास हुनु सिंगो देश र आफ्ना लागि राम्रो कुरा हो । तर प्रविधिमार्फत समाज एक प्रकारले छाडा जस्तै भएको छ । जसले जे बोल्दा पनि हुने र काननु नलाग्ने जस्तो हुन पुगेको छ । म के हु र के गर्दै छु भन्ने कुरा पनि बिर्साइ दिएको छ ।
पछिल्ला दिनमा विभिन्न सामाजिक सञ्जालमार्फत व्यक्त भएका विचारहरुले यस्तै प्रकारको सन्देश दिन खोजिरहेको छ । हुन त स्वतन्त्रता लोकतान्त्रिक मुलुकको मुख्य ऋंगार हो । स्वतन्त्रताविना लोकतान्त्रिक समाजको कल्पना गर्न सकिदैन । तर यति हुद्यम् हूँदै पनि कुन हदसम्मको स्वतन्त्रता प्रयोग गर्ने भन्ने कुराको वास्तविक रुपमा ख्याल हुन नसक्दा समाज नकारात्मक बाटोतर्फ समेत अघि बढिररहेको छ । आज भन्ने हो भने सामाजिक सञ्जालमा आएका कुराहरु नै मुख्य रुपमा जनबोलीको रुपमा ग्रहण गर्न थालिएको छ ।
निर्वाचनका बेला समाजिक सञ्जालमा को बढि लोकप्रिय छ उसैले निर्वाचन जित्ने,कसले बढि नराम्रो प्रतिक्रिया गरिरहेको छ उसले राम्रो आदर पाउने प्रवृतिका कारण समाजले वास्तविक कुरा के हो थापा पाउन सकेको छैन । वास्तविकता नबुझी गरिने यस्ता प्रकारको प्रतिक्रिया र धारणा राम्रा र वास्तविक कुराहरु भित्रै हराउने अवस्ता बन्दै जानु स्वभाविक मान्न सकिदैन । यसबाट व्यक्तिका लागि भन्दा पनि सिंगो देशका लागि खतरनाक हुने अवस्था छ । राम्रो र विचारयोग्य कुराहरु हराउने र गलत र नराम्रा कुराहरु तल्लो तहबाट नै वास्तविक विचार बन्न पुगे भने के त्यसले देशलाइ सहि गन्तव्यमा पुर्याउन सक्छ ?
हामीले आफन कुरा राख्दै गर्दा आफ्नो देश र अरुलाई कस्तो प्रभाव पर्छ भन्ने बुझेर वा बुझ पचाएर गर्ने व्यवहार सिंगो राज्यका लागि धोका हो । यस्ता चरित्रहरु हावी बन्दै गए भने भोलि हामील कस्तो समाजको परिकल्पना गर्न सक्छौं, हाम्रा सन्ततीले हामीबाट के सिक्न सक्छन् ? त्यसतर्फ आम नागरिक र सिंगो सरकारले ध्याान दिनुपर्ने बेला भैसकेको छ । यस्ता विषयमा जति ढिलो गरिन्छ त्यति समाज खराब बाटोतर्फ अग्रसर हुनेछ बेलैमा चेत खुलोस् ।