Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सरकार नढल्ने प्रधानमन्त्रीको प्रतिवद्धता र कांग्रेस एमाले गठबन्धन

नुवाकोट पुकार २६ मंसिर २०८१, बुधबार ०७:५९

शुकदेव दाहाल

नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस र एमालेबीचको सत्ता सहकार्य हुनु नौलो कुरा होइन । यसबीचमा कांग्रेस एमालेबीच पाँचौ पटक सत्ता सहकार्य भैसकेको छ । पछिल्लो २६ वर्षमा काँग्रेस–एमालेविच पाँचौं पटक सहकार्य भैसकेको छ ।

सरकारी रेकर्डअनुसार पहिलो पटक वि.सं. २०५५ मा काँग्रेस–एमालेविच सत्ता सहकार्य भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा एमालेले भरतमोहन अधिकारीको नेतृत्वमा सरकारमा सहभागी भएको थियो । सो सरकारले २०५६ वैशाखमा आम निर्वाचन गराएको थियो ।

यस्तै २०६१ मा काँग्रेस–एमालेविच दोस्रो पटक सत्ता सहकार्य भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई २०६१ चैत २१ गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । प्रतिगमन आधा सच्चिएको भन्दै एमाले पनि देउवा नेतृत्वको सरकारमा सहभागी भएको थियो । यद्यपि सो बेला देउवाले नेपाली काँग्रेस (प्रजातान्त्रिक) पार्टी बनाउनु भएको थियो । २०६३ वैशाख १२ गते गठन भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम संविधानअनुसार बनेको सरकारमा पनि एमाले सरकारमा सहभागी भएको थियो ।

दुई दलविच यो सत्ता सहकार्यको तेस्रो कार्यकाल थियो । एमालेले सहाना प्रधानको नेतृत्वमा आफ्नो दलबाट सरकारमा सहभागी गराएको थियो । चौथो पटक सत्ता सहकार्य २०६६ जेठमा भएको थियो । काँग्रेसको प्रस्तावमा तत्कालीन एमाले नेता माधवकुमार नेपाल २०६६ जेठ ११ गते प्रधानमन्त्री हुनुभएको थियो । काँग्रेसले सुजाता कोइरालाको नेतृत्वमा दलको तर्फबाट सरकारमा मन्त्री पठाएको थियो । सो अवधिमा नेता नेपाल लामो समय कामचलाउ प्रधानमन्त्री भएर पनि जिम्मेवारी निर्वाह गर्नुभएको थियो । संविधानसभाबाट नयाँ संविधान जारी गर्नेगरी २०७० माघ २७ गते सुशील कोइराला प्रधानमन्त्रीको जिम्मेवारीमा आउनु भएको थियो । फागुन १३ गते एमालेको तर्फबाट सरकारमा सहभागिता भएको थियो । दुई दलविच यो पाँचौँ पटक सत्ता सहकार्य थियो ।

सोही सरकारले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेको थियो । संविधान जारी गर्नेबेला काँग्रेस नेतृत्वमा सरकार बनाउने र कार्यान्वयनका बेला एमालेलाई सरकारको नेतृत्व दिने दुई दलविच सहमति बनेको थियो तर पछि दुई दलविच कुरा नमिलेपछि एमालेले सरकारको नेतृत्व गर्न पाएन । यो पटक भएको सत्ता सहकार्य छैटौं पटक हो । । ०८१ असार १७ गते राति काँग्रेस–एमालेविच सात बुँदे सहमतिले छैठौं सत्ता सहकार्यको ढोका खोलेको हो । सोही सहमतिका आधारमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नु भएको छ । सहमति अनुसार ओलीले साँढे दुई वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछिको डेड वर्ष कांग्रेस सभापतिले नेतृत्व गर्ने र ०८४मा आ निर्वाचन गराउने सहमति भएको हो । सोहि सहमतिका विषयमा प्रधानमन्त्रीले पटक पटक सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै आउनु भएको छ । हालैमात्रै सफल चीन भ्रमण सकेर स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा पनि उहाँले स्पष्ट रुपमा यो कुरा राख्नु भयो ।

कतिपयले प्रधानमन्त्री चीन भ्रमणबाट फर्किएपछि एमालेले कांग्रेससँगको सहकार्य तोड्ने र माओवादीसँग पुनः सहकार्य गर्ने हल्ला चलाएका थिए । प्रधानमन्त्रीको भनाईलाई समर्थन पुग्ने गरि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि केपी शर्मा ओली नेतृत्वको सरकारले गलत काम नगरेको भन्दै प्रसंशामा समय खर्चनु भएको छ । कतिपयले यो दुई नेताको सत्ता स्वार्थका रुपमा लिएपनि यो देशको आवश्यकता बनेको छ । कमसेकम ०८४ सम्म यहि गठबन्धन कायम रहेमा देशमा केही स्थिरता कायम हुनसक्छ । तर यसलाई अस्वभाविक मान्दै आएका कतिपय राजनीतिक विश्लेषकहरुले समेत प्रधानमन्त्रीको चीन भ्रमणपछि सरकार ढल्ने अनुमान गरेका थिए ।

तर चीन भ्रमणको सबै चाँजो पाँचो मिलाउने जिम्मेवारी पाएकी परराष्ट्मन्त्री आरजुराणा देउवा समेत भ्रमणको मुख्य भूमिकामा रहेकाले त्यो सम्भावना थिएन भन्ने स्पष्ट थियो । तर पनि कांग्रेस एमालेबीचको साझा सहमतिलाई भड्काउन र राजनीतिक अस्थिरता निम्त्याउने र भारतलाई चिढ्याउने उदेश्यले गरिएको त्यो हल्लालाई प्रधानमन्त्रीले जवाफ दिएको हुनुपर्दछ । यसको अर्थ चीनसँग पनि ०८४ सम्म कांग्रेस एमालेको सहकार्यको प्रस्तावमा मित्र राष्ट् चीनको पनि समर्थन लिएर फर्किएको कुरा प्रधानमन्त्री र कांग्रेस सभापतिको अभिव्यक्तिले झन प्रष्ट पारेको छ ।

मुलुक विषयम परिस्थितिमा रहेकाले दुई दलबीचको साझाा धारणासहित सरकार गठन भएको छ । यसले संविधान संशोधनदेखि देशका धेरै समस्या समाधान गर्ने दायित्य र जम्मेवारी पाएको छ । यसबाट अब कांग्रेस एमाले भाग्न सक्ने अवस्था छैन । तर सानातिना कुरामा पनि दुई दलबीच झगडा सिर्जना गराउने र राजनीतिकलाई अस्थिर बनाउनेलाई प्रधानमन्त्रीको जवाफ पककै उपयुक्त छ । अब सो अनुसार दुई दलले काम गर्नु जरुरी छ । तबमात्र देश अघि बढ्छ ।

Continue Reading

Previous: सामाजिक सञ्जाल र त्यसले दिने सन्देश(सम्पादकीय)
Next: नुवाकोटमा क्रियाशिल पत्रकारहरु चुनावी मैदानमा

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार