Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नुवाकोटमा क्रियाशिल पत्रकारहरु चुनावी मैदानमा

नुवाकोट पुकार २६ मंसिर २०८१, बुधबार ०८:१२

विदुर । नेपाल पत्रकार महासंघको महाधिवेशन अन्तर्रगत मंसिर २८ हुने निर्वाचनमा नुवाकोट जिल्लामा त्रियाशिल रहेका पाँच पत्रकार चुनावी मैदानमा होमिएका छन् । जिल्लामा रहेर पत्रकारिता गर्दै आएका जिल्लाका पूराना पत्रकार धुर्व रावल नेपाल पत्रकार महासंघको केन्द्रीय लेखा आयोगको संयोजकको उम्मेदवार बनेका छन् ।

रावल रमेश विष्ट नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका हुन । उनी लामो समयदेखि नुवाकोट जिल्लामा मिडिया सञ्चालन गर्दै आएका छन् । रावल हाल पत्रकार महासंघको केन्द्रीय सदस्य हुन् ।

यस्तै २०५४ सालदेखि पत्रकारिता गर्दै आएका बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा प्रदेश अध्यक्षको उम्मेदवार बनेका छन् । देवकोटा प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार हुन । उनले नुवाकोट जिल्लाबाट उत्तरगया दैनिक र नुवाकोट जागरण साप्ताहिक प्रकाशन गर्दै आएका छन् ।

यस्तै जिल्लाका अर्का पत्रकार भोलाप्रकाश पौडेल बागमती प्रदेशका लागि उपाध्यक्षको उम्मेदवार बनेका छन् । पौडेल रमेश विष्टसहित प्रेस सेन्ट र समाजवादी प्रेस संगठनसहितका अन्य संगठनबाट साझा उम्मेदवार हुन । उनी समाजवादी प्रेस संगठन नुवाकोटका अध्यक्ष पनि हुन । नुवाकोट जिल्लामा रहेर पत्रकारिता गर्दै आएका पौडेल अत्यन्त सालिन पत्रकारका रुपमा चिनिएका छन् ।

यस्तै प्रदेशबाट प्रदेश सदस्यका लागि पत्रकारद्धय सुनिल विष्ट र रुपया अर्यालले उम्मेदवारी दिएका छन् । दुवै जना नुवाकोटमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन् । सुनिल प्रेस युनियन नुवाकोटका सचिव तथा पत्रकार महासंघ नुवाकोटका कोषाध्यक्ष हुन ।

रुपा अर्याल भने प्रेस सेन्टरमा आवद्ध छिन् । उनी पत्रकार महासंघ नुवाकोटको पूर्व उपाध्यक्ष पनि हुन ।उनले मिक्स एफएम र जालपा अनलाईन सञ्चालन गर्दै आएकी छिन् । यस्तै नुवाकोट जिल्लामा जन्मिएर राजधानीमा बसेर पत्रकारिता गरेका अन्य पत्रकारहरुले पनि केन्द्रयि समिति र प्रदेशमा उम्मेदवारी दिएका छन् ।

Continue Reading

Previous: सरकार नढल्ने प्रधानमन्त्रीको प्रतिवद्धता र कांग्रेस एमाले गठबन्धन
Next: यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार