Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

नुवाकोट पुकार ३० मंसिर २०८१, आईतवार २०:२२

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल छिमेकी मुलुक भारतको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ ।

भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको निमन्त्रणामा छिमेकी मुलुकको भ्रमण सम्पन्न गरी फर्कनुभएका प्रधानसेनापति सिग्देललाई बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । 

भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभयो ।

भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले त्यहाँका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल,  प्रतिरक्षा प्रमुख जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको थियो । 

महारथी सिग्देल भारतको देहरादुनस्थित इण्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो । उक्त एकेडेमीमा तालिमरत नेपाली सेनाका अधिकृत क्याडेट प्रवीन पाण्डे ३५ जना विदेशी अधिकृत क्याडेटमध्येबाट सर्वोत्कृष्ट विदेशी शिक्षार्थीका रूपमा सम्मानित हुनुभएको थियो ।

भारतमा रहँदा महारथी सिग्देलले भारतीय सेनाको दक्षिण कमाण्ड फोर्स केन्द्रलगायत विभिन्न रणनीतिक सैनिक संरचनाहरूको पनि भ्रमण गर्नुभयो ।

उच्च तहको सैनिक नेतृत्वको भ्रमण र दुई देशका प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबीच विगतदेखि रहँदै आएको सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Continue Reading

Previous: एकैदिन सुन तोलाको २२ सयले घट्यो
Next: पत्रकार महासङ्घको अध्यक्षमा शर्मा निर्वाचित

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार