Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

अन्य पार्टीसँग तत्काल एकताको सम्भावना छैन : एकीकृत समाजवादी

नुवाकोट पुकार २ पुष २०८१, मंगलवार ०९:५७

काठमाडौँ, पुस  २ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले तत्काल अन्य कम्युनिष्ट पार्टीसँग एकता नगर्ने भएको छ । पार्टीको जारी स्थायी कमिटी बैठकमा पारित गरिएको आगामी कार्ययोजनामा कार्यदिशा र सिद्धान्तमा एकरुपता नभएसम्म अन्य पार्टीसँग पनि एकताको सम्भावना नरहेको निष्कर्ष निकालिएको हो ।

बैठकमा पार्टी महासचिव घनश्याम भुसालद्वारा प्रस्तुत प्रस्ताव पारित गरिएको थियो । बैठकमा आगामी निर्वाचनमा देशैभरि पार्टीका उम्मेद्वार खडा गर्ने पार्टीको साङ्गठनिक सुदृढीकरण गर्ने निर्णय गरिएको छ । उहाँले आगामी कार्यक्रम तथा नीतिलगायत विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । 

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा गत मङ्सिर २६ गतेदेखि जारी बैठकमा पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा नेताहरूले धारणा राख्ने क्रम सकिएको छ । पार्टीको सङ्गठन सुदृढीकरण गरी ‘पार्टी गाउँका जनतासँग’ भन्ने कार्यक्रम सञ्चालन गर्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । 

पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा गठित कार्यदलले बैठकमा नेताहरूको कार्यविभाजन पेश गरेपछि बैठकले अनुमोदन गर्ने उपाध्यक्ष खतिवडाले जानकारी दिनुभयो । विगतमा विभिन्न जिम्मेवारीमा रहेर साङ्गठनिक कार्यसम्पादन तथा राजनीतिक गतिविधिमा योगदान गरेका सक्षम नेताहरूलाई विभाग, जनवर्गीय सङ्गठनका इन्चार्जको जिम्मेवारी प्रदान गर्ने तयारी छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्वस्थता कारण  बैठकमा लिखित दस्तावेज प्रेसित गर्नुभएको थियो  ।

Continue Reading

Previous: साञ्जेन जलविद्युत् आयोजनाद्वारा व्यावसायिक उत्पादन सुरु
Next: एनपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार