Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

पत्रकारहरुका हितमा महासंघ अघि बढोस्(सम्पादकीय)

नुवाकोट पुकार ३ पुष २०८१, बुधबार ०९:२५

देशभरका पत्रकारहरुको साझा संस्थाको रहेको नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन अन्र्तरगत मंसिर १६ गते सम्पन्न निर्वाचनले नयाँ नेतृत्व चयन गरेको छ । त्यसमा पनि महासंघको सात दशक लामो यात्राका क्रममा पहिलो पटक महिला नेतृत्व स्थापित हुन पुगेको छ । यसले गर्दा यो महाधिवेशन आफैमा एउटा ऐतिहासिक भएको छ ।

अर्कोतर्फ नेतृत्वमा भएकाहरुले पटक पटक सदस्यता शुद्धिकरणका नाममा अल्झाएको महाधिवेशनलाई पनि एक जना महिलाकै नेतृत्वमा सफल भएको छ । यो पनि अर्को इतिहास हो । अध्यक्ष विपुल पोखरेल हुँदै उपाध्यक्ष रमेश विष्टसम्मले महाधिवेशन गर्न नसकेपछि कावा अध्यक्षको जिम्मेवारीमा रहेकी उपाध्यक्ष बाला अधिकारीले सफल रुपमा महासंघलाई अवतरण गराएकी छिन् । उनको यो साहसपुर्ण कामले नै महासंघको गरिमालाई जोगाएको छ ।


विगत जसरी अघि बढेको भएपनि नेपाल पत्रकार महासंघले ढिलै रुपमा पनि नेतृत्व पाएको छ । सात दशक लामो पत्रकार महासंघको इतिहासमा यसको आफ्नै गरिमा र महत्व रहेको छ , पत्रकारहरु राज्यका चौथो अंह हुन । देशलाई सहि बाटोमा ल्याउने, सरकारका राम्रा कामको प्रचार गर्ने रगलत कामको आलोचना गर्दै मुलुकलाई लोकतान्त्रिक अभ्यासमार्फत अघि बढाउने विषयमा पत्रकारहरुको पनि महत्वपूर्ण योगदान रहेको हुन्छ । यसमा महासंघ लागिरहेको कुरामा दुई मत छैन । तर पछिल्ला दिनमा महासंघ आफै अलमलिएको जस्तो हुँदै आएको छ । कहिले सदस्यता विवाद त कहिले अन्य विषयमा हुने विवाद,जसले गर्दा पत्रकार महासंघ पत्रकारहरुको संस्था जस्तो हुन सकिरहेको छैन । यसले पत्रकारमाथि भएका वा हुने गरेका ज्यादती वा राज्यबाट पत्रकारहरुमाथि गरिने व्यवहारलाई एक विज्ञप्तिको भरमा मात्रै आफ्नो उपदेयता ठान्ने अरेको अवस्था विद्यमान रहँदै आएको छ ।

मुलुकमा पत्रकारिता एउटा व्यवसायिक पेशाको रुमपा विकास हुनुपर्ने हो तर अझै पत्रकारहरुले सामान्य पारिश्रमिक लिन पनि महिनो कुनुपर्ने अवस्था छ । ठुला मिडिया हाउसबाट त पत्रकारले न्यनुतम पारिश्रमिक पाउन सकेका छैनन् भने अन्य मिडियामा के कल्पना गर्न सकिन्छ । यो एउटा परम्परगात समस्याकै रुपमा स्थापित भैसकेको छ । अर्कोतर्फ पत्रकारहरु माफै पनि आफ्नो जिम्मेवारी अनुसारको मर्यादमा रहन नसकेका कारण पत्रकारहरुप्रति आस्था र सम्मान पनि क्रमश ः घट्दै गैरहेको छ । यसले गर्दा पत्रकार बन्न चाहानेहरुको संख्या कमजोर हुँदै गएको छ । अझ भन्दै पर्दा पत्रकार महासंघमा उम्मेदवार पाउन नै झण्डै मुश्किल परेको अवस्था थियो ।


यि तमाम समस्या र चुनौतीमा बीच निर्मला शर्मा जस्तो एक होनकार पत्रकारका नेता महासंघमा पुग्नु भएको छ । उहाँसगै अन्य टिमहरु पनि अनुभवी र पत्रकारका समस्या बुझेकाहरु हुनुहुन्छ । यो पत्रकार महासंघका लागि पनि सुखद् छ । यसले पत्रकार महासंघको गरिमा पुरानै अवस्थामा फर्कन्छ भन्ने आशा पलाएको छ ।

पक्कै पनि नेतृत्वमा सामु धेरै चुनातीहरु छन् । चुनौतीलाई पार लगाउन सक्ने र आफ्नो जिम्मेवारी सहि रुपमा पूरा गर्नेहरु नै इतिहासमा गनिने हुन् । यसका लागि पक्कै पनि वर्तमान नेतृत्व तयार छ र हुनेछ । केवल कर्मकाण्डी रुपमा महासंघमा फोटो मात्रै झुण्डियो भने त्यसले तपाईहरुको अन्र्तरआत्माले पनि त्यसलाई स्वीकार गर्ने छैन । यसर्थ सबै चुनौतीलाई चिर्दै पत्रकार महासंघलाई साच्चै पत्रकारहरुको अभिभावकीय संस्थाको रुपमा विकास गर्न सक्नुहोस् । शर्मा सहित सबै निर्वाचितहरुलाई हार्दिक बधाई तथा शुभकामना ।

Continue Reading

Previous: कहिले बन्छ ‘जनताको सरकार, नेपाल सरकार’ ?
Next: उपनिर्वाचनबाट झस्किएको एमाले ६ सङ्कल्प

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार