
पुकार समाचारदाता
बुङताङ् । नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नं २ स्थित बुङताङ गाउँ पुग्नेहरुको आजभोलि भीड लाग्न थालेको छ । विदुर नगरपालिकादेखि झण्डै २० किलोमिट पर रहेको बुङताङ् पर्यटकीय हसाबलेजति सुन्दर छ त्यति नै त्यहाँ उत्पादन भएको सुन्तलाले पुग्नेहरुको मन लोभिने गरेको छ ।
जाडो महिनामा अर्थात मंसिर पुसमा उत्पादन हुने त्यहाँको सुन्तलाले विस्तारै नुवाकोट जिल्ला मात्रै होईन राजधानी काठमाडौंसम्म बजार तताउन थालिसकेको छ । बुङताङ ब्राण्डको सुन्तला नामले चिनिन थालिएको सुन्तलाको स्वाद एक पटक चाख्नेहरु लोभिन गरेका छन् । सुन्तलाका लागि चाहिने हावा पानी र मौसम अनुकुल भएकाले पनि बुङताङमा सुन्तला उत्पादन राम्रो हुने गरेको किसानहरु बताउँछन् ।
सोहि अनुसार नै बुङताङ गरबहादुर तामाङ एकजना सफल कृषक बन्न सफल भैसकेका छन् । गरबहादुर जस्तै अन्य दुई दर्जन किसानहरु यतिखेर सुन्तला खेती गर्दैआएका छन् । सामाजिक तथा राजनीतिक रुपमा पनि आफ्नो राम्रो पहिचान बनाएका गरबहादुरले अहिले ४ रोपनी खेतमा सुन्तला उत्पादन गरिसकेका छन् भने अहिले उनले ८० रोपनी जमिनमा सुन्तका विरुवा रापेका छन् । सुन्तलाको विरुवा रोपेको पाँच वर्षमा गरबहादुरले राम्रो उत्पादन हुन थालेको बताए ।
गर बहादुर यतिखेर स्वरोजगार अभियानका संवाहक पनि बनिसकेका छन् । उनको बारीमा रसिला सुन्तला जति देखिन्छ त्योभन्दा बढी देखिन्छ उनको भावनामा राष्ट्रप्रेम र आत्मविश्वासको रस सुन्तलाको अबलोकन गर्न पुगेका पृथ्वी मावि विदुर प्रधानाध्यापक बाबुराम लामिछानेले भनेका छन् । गरबहादुर भन्छन, ,एउटा बोटलाई फल्ने बनाउनका लागि पाँच वर्ष लाग्दछ भने दुई वर्षमा उसले सबै खर्च व्यहोरिक सकेको हुन्छ । त्यसपछिका दिनमा लगातार आम्दानी दिन्छ । हामी यहि बसेर पनि केही गर्न सक्छौं, । उनले अहिले ८० रोपनी जग्गामा सुन्तला रोपेका छन् भने झण्डै २० रोपनी जग्गाामा एभोगार्ड रोपेका छन् । त्यसबाट अबको दुई वर्षमा वार्षिक ५० लाख आम्दानी गर्ने उनको लक्ष्य रहेको छ ।
यस्तै गरबहादुरले ८० रोपनी जमिनमा २ हजार सुन्तलाका विरुवा रोपेका छन् त्यसबाट पनि केही वर्षमा नै वार्षिक १ करोड आम्दानी गर्ने उनको लक्ष्य रहेको छ । यस्तै उनीजस्तै अन्य किसानले पनि आफ्नो खेतबारीमा धान कोदो, मकै भन्दा सुन्तलालाई प्राथमिकता दिन थालेका छन् ।सुन्तलाको निरीक्षण गर्न गएका सबै मानिसलाई उनी भन्छन् ,आफ्नो जग्गा जमिनको सहिसदुपयोग गर्न सकियो भने हामी विदेश जानै पर्दैन यहि सबै थोक छ, । साच्चै गरबहादुरले भनेजस्तै हामी नेपाली लाग्ने हो भने साच्चिकै कृषिमा आत्मनिर्भर मात्र होइन त्यसबाट राम्रो आम्दानी गर्न सक्छौँ ।
कृषि विज्ञहरुका अनुसार सुन्तला पूर्वदेखि पश्चिम नेपालसम्म मध्यपहाडी भेगको हावापानीमा मौलाउँछ । तर यो फल हिउँदको चार महिना फल्छ भने भण्डारण र उपलब्धताका हिसाबले बढीमा थप दुई महिना मात्रै उपलब्ध हुन सक्छ । नेपालका ६६ जिल्लामा सुन्तला फल्ने जानकारी राष्ट्रिय फलफूल विकास केन्द्रले दिएको छ । नेपालमा मौसमी हिसाबले मंसिरसरदेखि फागुनसम्ममा सबैभन्दा धेरै सुन्तला उत्पादन भइरहेको पाइन्छ । राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार यसमा हामीले छिटो पाक्ने, बीचमा पाक्ने र ढिलो पाक्ने जात गरेर यसलाई खेती गर्दा लामो समयसम्म बजारमा उपलब्ध गराउन सकिन्छ ।
यसलाई विषादीको प्रभाव कम गर्ने चार घरेलु उपाय अपनाउन पनि सकिन्छ । उचाईका हिसाबले समेत सुन्तला खेती भिन्नभिन्न समयमा हुने गरी गर्न सकिने अध्ययनहरूले देखाएका ।
विज्ञहरुका अनुसार नेपालमा पाइने विभिन्न जातका सुन्तला छुट्ट्याएर अध्ययन गर्दै तदनुरूप खेती गरेमा “चार महिनाबाट सात महिनासम्म“ फल्ने अवस्था बनाउन समेत सकिने देखाएको छ । तर यो जिल्लापिच्छे विभिन्न जातका सुन्तला रहेकाले त्यसो गर्नका लागि तिनको वैज्ञानिक अनुसन्धान आवश्यक पर्ने अधिकारीहरूको सुझाव रहेको छ । तर राज्यले सहि रुपमा यसको विकास गर्न नसक्दा सुन्तलाका लागि उर्बर भूमिहरु त्यतिकै खेर गैरहेका छन् ।