
काठमाडौं । ’नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भन्दै गरिएको प्रचार झुटो भएको नेपाल टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको पाइएकोले यसप्रति सचेत रहन टेलिकमले सबैमा हार्दिक अनुरोध गरेको हो । बुधबारदेखि लगातार यस्ता म्यासेजहरु आइरहेका छन् ।
एक जनाले २० जनालाई म्यासेज पठाए पुरस्कार प्राप्त गर्ने भन्दै म्यासेजहरु फरवार्ड भैरहेका थिए । नेपाल टेलिकमले यस्ता खबर थाहापाएसँगै गलत भएको र भ्रममा नपर्न आग्रह गरेको छ ।