
४ पुस, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतभित्र सुतिरहेका व्यक्ति रास्वपा सभापति रवि लामिछानेको भनेर एउटा फोटो सामाजिक सन्जालमा पोष्ट भएको विषयमा नेपाल प्रहीले अनुसनधान थालेको छ ।
एउटा फोटोमा टोपी लगाएका व्यक्ति सिरक ओढेर सुतिरहेको र छेउँको टेबुलमा किताबहरु देखिन्छ । अर्को एउटा फोटोमा भने छेउँको टेबुल नै देखिँदैन ।उक्त व्यत्ति रवि लामिछाने नै हो भने रास्वपाका नेता कार्यकर्ताहरु आक्रोशित भएका छन् । उनीहरुले कसका लागि यो फोटेटो खिचिएको हो भन्ने प्श्न गदै हिरासतभित्र पनि रवि सुरक्षित नभएको आरोप लगाएका छन् । सबैभन्दा पहिला रास्वपाका नेता दिपक बोहोराको फसबुकबाट सार्वजनिक भएको थियो । तर बोहोराले पनि आफूले कतैबाट भेटेर जानकारी गराएकोावीगरेका छन् ।
रास्वपाका कार्यकर्ताहले यो फोटो कास्की हिरासत भित्रको र रविकै हो भनेर जिकिर गर्दै सामाजिक सन्जालमा सेयर गरिरहेका छन् । कतिपयले भने यो ‘फेक’ हो भनेर कमेन्ट गरेको देखिन्छ । यसबारे जिल्ला प्रहरी कार्यालय कास्कीले भने फोटोको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार त्यो फोटो रवि लामिछानेकै हो कि होइन भन्ने पुष्टि हुन बाँकी छ र त्यसको अनुसन्धान सुरु भैसकेको छ ।