
विदुर । नुवाकोट जिल्लाको त्रिशुली अस्पताका नवनियुक्त अध्यक्ष उपेन्द्र बुढाथोकीले अस्पतालको आवश्यक सुधारमा लागि आफू २४ सै घण्टा काम गर्न तयार रहेको बताएका छन् ।
आज शुक्रबार अध्यक्षको पदभार ग्रहण गर्दै मुख्यमन्त्री मन्त्री बहादुरसिंह लामा तामाड.को उपस्थितिमा भने,म पैसा कमाउन आएको होइन, पैसा कमाउनका लागि मेरो उद्योगहरु छन् म त यहाँ काम गर्न आएको हु । उनले आफ्ना आमा बुबालाई सम्झदै घरबाट निस्कदा आफ्नो दाजुले काम गर्न जाने हो भने सम्झाएको स्मरण गर्दै आफ्ना आमा बुबाले उपचार नपाएको स्मरण गर्दै भने ,म काम गरेर देखाउछु मलाई अस्पतालका मेसु, चिकित्सक तथा कर्मचारीहरुको सहयोग चाहिन्छ ।
उनले आफू अध्यक्षमा नियुक्त भएसँगै जागिरका लागि भन सुन आएको भन्दै उनले भने,यो संस्था जागिर खुवाउने भन्दा पनि मानिसको ज्यान बचाउने संस्था हो जागिर दिन सकिन भनेर नरिसाउनु होला म अस्पतालको विकासका लागि काम गरेर देखाउँछु । सो अवसरमा मुख्यमन्त्री लामाले अस्पताको भौतिक पूवाधार सुविधाका विषयमा प्रदेश सरकारका सक्ने काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा अस्पताका मेसु राजेन्द्र लामाले अस्पताको गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । त्रिशुली अस्पताल नुवाकोट जिल्लाको उकमात्र जिल्ला स्तरको सरकारी अस्पताल हो । उक्त अस्पतालमा नुवाकोट,रसुवा र धादिड. जिल्लाका बिरामीहरु उपचारका लागि आउने गर्दछन् । १० शष्याबाट सुरु भएको अस्पताल अहिले सुविधासम्पन्न भौतिक पूर्वाधारसहित एकसय शष्यामा पुगेको भने भने सिटिस्क्यान, आइसियु, भेन्टिलेटरसहित विशेषज्ञ चिकित्सकहरुको सुविधा रहेको छ ।