Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

खानेपानी मन्त्री यादवसँग विदुरबासीले राखे यस्ता माग

नुवाकोट पुकार ६ पुष २०८१, शनिबार २०:३८ 1 min read

खानेपानी मन्त्री प्रदिप यादवलाई आफन माग राख्दै विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठ,साथमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ ः तस्बिर,सुनिल श्रेष्ठ

विदुर । खानेपानीको समस्या झेलिरहेका नुवाकोट जिल्ला विदुर नगरपालिकास्थित विदुरबासीले खानेपानी मन्त्री प्रदीप यादवसँग विभिन्न आठ बुँदे माग पेश गरेका छन् । मन्त्री यादव नुवाकोट आएका बेला आज शनिबार विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठको उपस्थितिमा विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको तर्फबाट मन्त्री यादवलाई संस्थाका अध्यक्ष सञ्जिबहादुर श्रेष्ठले ज्ञापनपत्र बुझाएका हुन् ।

मन्त्री यादव विदुर खानेपानीको फलाखु मुहान अवलोकनमा पुगेका थिए । संस्थाको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा खानेपानीमा प्रयोग हुने विद्युत महशुल कम्तिमा ५० प्रतिशत छुट हुनुपर्ने लगायतका रहेका छन् । यस्तै साना शहरी अन्तर्गत लगानी भएको आयोजनामा नगर विकास कोषको ऋणमा ब्याजदर मिनाह हुनुपर्ने र आयोजनामा उपभोक्ता समितीले व्यहोर्नुपर्ने २५ प्रतिशत ऋणभारलाई हटाई १० प्रतिशत गनुपर्ने माग राखेका छन् ।

सफा र स्वास्थ खानेपानी प्राप्त गर्नु हरेक नागरिकको नैर्सगिक अधिकार भएको हुँदा उपभोग गर्ने घरधुरी र जनसंख्याको आधारमा खानेपानी उपभोक्ता संस्थालाई राज्यबाट व्यवस्थापन खर्च वार्षिक रुपमा प्राप्त हुनुपर्ने छ ।

विदुर खानेपानीको प्रमुख मुहान फलाखु खोलाको किनारमा रहेको १५ सय मिटर पाईप लाईन हरेक वर्ष बाढी पहिरोबाट प्रभावित हुने हुदाँ वार्षिक रुपमा सङ्घीय सरकारबाट मर्मत् संहारको लागि हरेक वर्ष ५० लाख मर्मत खर्च छुट्याउनुपर्ने माग गरेका छन् ।

विदुर नगरपालिकाको सात वटा वडाको २५ हजार जनताको खानेपानीसँग जोडिएको तादी खोलाको किनारमा निर्माणधिन सम्पवेल खानेपानीको १६ ईन्च पाईप लाईनलाई सम्भव भएसम्म सबै पाइप लाईन सौर्य उर्जाबाट चल्ने सम्भव नभए विदुर नपा(वडा नम्बर ५ को पिपल्टारको सात सय घरधुरीसँग जोडिएको ४ इन्च पाईप लाईनलाई सौर्य उर्जाबाट सञ्चालन गनुपर्ने भनिएको छ ।यसैगरी, संस्थाले नुवाकोट, रसुवा र धादिङ तीनै जिल्लाको सबैभन्दा पुरानो ऐतिहासिक त्रिशुली बजार विदुर नपा १ का १५ सय घरधुरीलाई सफा र स्वास्थ खानेपानी उपलब्ध गराउन छुटै इष्टमेट अनुसार ४ लाख लिटरको ट्याङकी र खानेपानी पाईप लाईनको लागी बजेट व्यवस्था गर्न माग गरेका छन् ।

विदुर नगरपालिका वडा नम्बर १ ढुंगे पेट्रोल पम्पदेखि रसुवा जिल्ला उत्तरगया गाउँपालिकाको नयाँ पुलसम्मको पाईप लाईन गल्छी – त्रिशूली – मैलुङ- स्याफु्बेसी सडक आयोजनाले सडक निर्माण गर्दा १५ किलोमिटर खानेपानीको पाईप लाईन ध्वस्त बनाएको र उक्त पाईप लाईन जडान तथा मर्मतको लागि बजेट व्यवस्था गरिदिन माग गरेका छन् ।

सो अवसरमा मन्त्री यादवले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । उक्त मुहानबाट विदुर नगरपालिकास्थित विदुर, बट्टार, त्रिशुलीका बासिन्दालाई पानी वितरण गरिदै आएको छ । तर उक्त मुहानमा वर्षातको बेला भने बाढी र पहिरोले समस्या हुने गरेको छ । गत साउनको १० र ११ गते आएको अविरल वर्षातका कारण पनि निकै ठुलो क्षति हुन पुगेको थियो ।

Continue Reading

Previous: विदुर नगरपालिकाको व्यवस्थापनमा खानेपानी विभागले नुवाकोट कारागारको दिसाजन्य लेदोबाट बायोग्यास निकाल्ने
Next: यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार