Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नुवाकोटमा प्रजातन्त्र सेनानीहरुको सम्मान

नुवाकोट पुकार ७ पुष २०८१, आईतवार ११:०६

प्रजातन्त्र सेनानीहरुको सम्मानपछि प्रमुख अतिथिसहित सम्मानितहरुले सामूहिक रुपमा खिचेको तस्बिर, ः नुवाकोट पुकार


विदुर । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल प्रजातन्त्र सेनानी संघले प्रजातन्त्रका लागि योगदान गरेका नुवाकोटका १५ कांगेस निकट योद्धाहरुलाई सम्मान गरेको छ ।

विदुरमा शनिबार नेपाल प्रजातन्त्र सेनानी संघले आयोजना गरेको कार्यक्रममा १५ जना प्रजातन्त्र सेनानीलाई ‘प्रजातन्त्र सेनानी सम्मान’ प्रदान गरिएको हो । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको प्रमुख आतित्थतामा भएको कार्यक्रममा १५ जनालाई सम्मान गरिएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा अनवरत रुपमा लाग्नु भएको व्यक्तित्वहरुलाई सम्मान गरिएको संघले जनाएको छ ।

संघका अध्यक्ष गंगाधर उप्रेतीका अनुसार नुवाकोट जिल्लाभर एक हजारभन्दा बढी प्रजातन्त्र सेनानी रहेका छन् । बाँकी सेनानीलाई संघले आगमी दिनमा क्रमशः सम्मान प्रदान गरिने पनि अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र एकता कायम भए कांग्रेस विपक्षीभन्दा शक्तिशाली हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कांग्रेसमा आवद्ध व्यक्तिहरूले पार्टीभित्रै विपक्षी देख्ने प्रवृत्तिलाई सुधार्नुपर्नेमा जोड दिँदै कांग्रेस एक भएमात्रै लोकतन्त्रको रक्षा हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश महतले पार्टी संगठन निर्माणलाई प्राथमिकता दिइएको र सदस्यता नवीकरण अभियान चलाइरहेको जानकारी दिनुभयो ।

अध्यक्ष उप्रेतीको सभापत्विमा भएका कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका पुर्व जिल्ला सभापति धुर्व अधिकारी,उपसभापति राजु थापा, म्याजड. गाउँपालिकाका अध्यक्ष आशा तामाड., नेपाल महिला संघकी अध्यक्ष सरिता आचार्य लगायतका वक्ताहरुले मुलुकमा प्रजातन्त्रका लागि लडेका योद्धाहरुको सम्मान गर्न सकेमात्रै प्रजातन्त्रको महत्व रहनेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका बागतमी प्रदेश सदस्य बद्री मुडबरी, जिल्ला उपसभापति सन्तमान तामाड.जिल्ला सचिव बैकुण्ठ मिश्र,कांग्रेस पूर्व क्षेत्रीय सभापति अर्जुन न्यौपाने,कांग्रेस नुवाकोटका सहसचिव उत्तम पाठक,क्षेत्रीय अध्यक्ष जगत लामा,शिक्षक संघका पुर्व अध्यक्ष रामबहादुर थापा,महाधिवेशन प्रतिनिधि पवित्रा मुडबरी,नेपाल विद्यार्थी संघका अध्यक्ष रामकृष्ण भट्टसहित पार्टीका महाधिवेशन प्रतिनिधि सहित जिल्ला तहका नेता कार्यकर्ताको हरुको सहभागिता रहेको थियो ।

Continue Reading

Previous: मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
Next: रास्वपा सभापति लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार