
देवीघाट । नुवाकोट अपाङ्ग संरक्षण सेवा संस्थाले अपाङ्ग भएकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । उक्त संस्थाको आयोजना भएको कार्यक्रममा न्यानो कपडा वितरण तथा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा ५० जनालाई न्यानो कपडा वितरण गरिएको छ ।

रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सभापति श्याम डोटेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिदुर नगरपालिकाका पूर्व मेयर शिव गजुरेल, जाल्पा रेड क्रस उपशाखाका सभापति मदनलाल चित्रकार, जाल्पा युवा क्लबका अध्यक्ष नवीन चित्रकार, पिपलटार युवा क्लबका अध्यक्ष सुजन गजुरेल, झिल्टुड. शाखाका सभापति नमराज सुवेदी ,नेपाल पत्रकार महासंघ बागतमीका पूर्व अध्यक्ष शिव देवकोटा सहितका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष भरत दाहालको सभापतित्वमा भएको कार्यक्रममा १० जना भन्दा बढी व्यक्तिले रक्तदान समेत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि श्याम डोटेलले अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक ठाउँमा अपाङ्गता भएका व्यक्तिलाई अवसर दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष भरतप्रसाद दाहालले अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारले अपाङ्ग मैत्री वातावरण नबनाएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो।

अपाङ्गता भएका व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोण समाजमा अझै पनि राम्रो नरहेको भन्दै दाहालले सरकारले संविधानमा अपाङ्गता अधिकार लेखे पनि कार्यान्वयन भने फितलो भएको आरोप लगाउनुभयो ।
