
विद्यार्थीहरुलाई न्यानो कपडा स्वरुप ट्याकसुट वितरण गदैृ बेलकोटगढी नगरपालिका शिक्षा शाखाका सहजकर्ता बद्री प्रसाद शर्मा । साथमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाइरम नेपाल, विद्यालयका प्रधानाध्यँप्क उपेन्द्र महतोसहित अन्य अतिथिहरु
रातमाटे । नुवाकोट जिल्लाको बेलकोटगढी ७ महादेवफाँटमा रहेको महादेव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरिएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरिएको हो । दियालो फाउन्डेशन काठमाडौंको सहयोगमा विद्यालयमा अध्ययनरत ५७६ जना विद्यार्थीलाई न्यायो कपडा स्वरुप ट्याक र टाउजर वितरण गरिएको विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोले जानकारी दिनुभयो ।

विद्यालयममा आज भएको एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई कपडा वितरण गरिएको थियो । बेलकोटगढी नगरपालिका शिक्षा शाखाका सहजकर्ता बद्री प्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका दियालो फाउण्डेशनका प्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष भाइराम नेपाल, बेलकोटगढी वडा नं१० का वडा अध्यक्ष प्रकाश पाण्डे,कांग्रेस नेता तथा समाजसेवी रामचन्द्र नेपाल,महादेव माध्यमिक बहुमुखी क्याम्पसका प्रमुख शंकर नेपाल,बेलकोटगढी नगरपालिकाकी कार्यपालिका सदस्य गमला लामा,विद्यालय व्यवस्थापन समितिमा सदस्यहरु, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि शर्माले यस्ता सामाजिक संघ संस्थाको सहयोगका कारण नै सामुदायिक विद्यालयहरुलाई आफ्नो गुणस्तरमा विकास गर्न सहज भएको बताउनुभयो ।
उहाँले नगरपालिकाले शिक्षाको सुधारका लागि काम गरिरहेको भन्दै गुणस्तरीय शिक्षामा कुनै पनि सम्झौता नहुने उल्लेख गर्नुभयो । कार्यक्रममा विद्यालयकातर्फबाट अध्यक्ष नेपालले न्यानो कपडा सहयोग गरेको भन्दै आयोजक संस्थालाई धन्यवाद दिनुभयो । उहाँले दियालो फाउयडेशनको सहयोगले जाडोमा विद्यार्थीहरुका लागि सहज भएकोमा खुशी व्यक्त गर्दै विद्यार्थीहरुलाई अध्ययनमा ध्यान दिन पनि आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महतोले सहयोग संस्था दियालोलाई विशेष धन्यवाद ज्ञापन गर्दै संस्थाको सहयोगले विद्यालयलाई ठुलो राहत भएको उल्लेख गर्नुभयो । उहाँले विद्यालयको गतिविधिका विषयमा जानकारी गराउनु भएको थियो ।

नुवाकोट जिल्लाको पुरानो विद्यालयको रुपमा रहेको माविमा हाल ५७६ विद्यार्थीहरु अध्ययनरत रहेका छन् । भौतिक संरचनासहित शिक्षकहरुका लागि अध्यापन गराउने ल्यापटपदेखि अन्य प्रविधिहरुको सुविधासहित विद्यालयमा विज्ञान प्रयोगशाला, खेलकुद मैदान, विद्यार्थीहरुका लागि बसको व्यवस्था समेत रहेको छ । साथै विद्यालयमा अध्यक्षको स्थापना गरेर गरिब तथा जेहेन्दार विद्यार्थीहरुको हितमा समेत प्रयोग गरिदै आएको छ । जसले गर्दा उक्त विद्यालय नुवाकोट जिल्लाको उत्कृष्ट विद्यालयका रुपमा रहेको छ । विद्यालयमा गत वर्षदेखि व्यवस्थापनको अलावा कक्षा ११ मा विज्ञान विषयको समेत अध्यापन गराउन थालिएको छ । विज्ञान विषयमा लागि आवश्यक सबै पूर्वाधार तथा विद्यार्थीका लागि छात्रबासको समेत व्यवस्था रहेको छ ।

सो अवसरमा विद्यालयबाट सरुवा भएका शिक्षकलाई बिदाई गर्नुका साथै वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । यस्तै विद्यार्थीहरुले विभिन्न सांकृतिक कार्यक्रममार्फत नृत्य तथा गित प्रस्तुत गरेका थिए ।
तस्बिर सौजन्य ः महादेव माध्यमिक विद्यालय