
➢ शुकदेव दाहाल
विदुर । नेपाली कांग्रेसको १५ औं महाधिवेशन आउन अझै दुई वर्ष बाँकी छ । तर केन्द्रीय नेताहरुलाई भने महाधिवेशनको रौनक लाग्न थालिसकेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा पार्टीको विधान अनुसार तेस्रो कार्यकालका लागि सभापतिको उम्मेदवार बन्ने सम्भावना नभएकाले पनि कांग्रेसमा सभापतिका लागि नेताहरुले आफूलाई प्रस्तुत गर्न थालेका छन् । मुख्य रुपमा सभापति देउवासँग १४ औं महाधिवेशनमा पराजित हुनु भएको डा. शेखर कोइरालाले १५ महाधिवेशन केन्द्रीत आफ्नो अभियान सञ्चालन सुरु गरिसक्नु भएको छ । पहिलो चरणमा उहाँले आफ्नो गृह जिल्ला विराटनगरबाट अभियान थाल्नु भएको थियो । त्यो अहिले सभापति देउवाको गृह जिल्लातर्फ पुगेको छ ।
पार्टीका नेता कार्यकर्ताको उपस्थितिकाबीच उतासहित रुपमा कोइराला आफुलाई प्रस्तुत गर्न थाल्नु भएको छ । कोइराला परिवारको विरासत आफूले फर्काउने दावीकासाथ महाधिवेशन केन्द्रीत अभियानमा लाग्नु भएका कोइरालालाइ उहाँ निकटका नेताहरुले साथ दिँदै आएका छन् । उहाँको अभियानमा बलबहादुर केसी, गुरु घिमिरे,हृदयारम थानी, दिपक गिरि, सुनिल शर्मासहितका नेताहरुसँगै अभियानमा छन् । भेटघाटमा कोइरालाले विगतमा भन्दा निकै उत्साहकासाथ लाग्नु भएको देखिन्छ । उहाँले अब १५ औं महाधिवेशनबाट आफू सभापति बन्ने भन्दै कसैलाई अन्याय आश्वासन समेत दिन थाल्नु भएको छ ।
अर्को मुख्य कुरा के छ भने आफ्नो टिमबाट महामन्त्री लडेका गगन थापा उहाँको विपक्षमा उभिनुभएको छ । थापा आफै सभापतिका उम्मेदवार बन्ने तयारीमा रहेकाले कोइरालाको अभियानमा सहभागि हुनु भएको छैन । शेखर निकट नेताहरुले गगनलाई विश्वास गर्न छाडेको बताउँदै आएका छन् ।
कोइरालाको विरानटरबाट सुरु भएको अभियान पार्टीको संस्थागत निर्णय नभएको भन्दै रोक्ने प्रयास गरेका थापाविरुद्ध कोइरालापक्ष थप असन्तुष्ट बनेका छन् । तर सार्वजनिक रुपमा थापाले आफ्नो टिम तयार नगरेपनि महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने पक्का जस्तै छ ।
तर संस्थापनइतर समूहबाट कोइराला उम्मेदवार बन्ने निश्चित देखेका थापा यतिखर पार्टीको संस्थापनपक्षबाट उम्मेदवार बन्ने प्रयासमा लागेको जानकारहरु बताउँछन् । थापा सकेसम्म सभापति देउवाको उत्तराधिकारी बन्ने प्रयासमा लागेको जस्तो देखिएको छ । यद्यपि यो कुरा पुष्टि त भैसकेको छैन तर पछिल्ला राजनीतिक क्रियाकलापमा सभापति देउवा र महामन्त्रीबीचको नजिकिएको सम्बन्धले केही आधारहरु भने तयार पारेको छ । देउवा निटक र थापा निकटहरु पनि एक अर्काप्रति सकारात्मक प्रतिक्रिया दिन थालेकाले त्यो सम्भावनाको ढोका पनि खोलिदिएको छ । तर सभापति देउवाले कसैलाई पनि ,ग्रिन सिग्नल, दिनु भएको छैन ।
कतिपयको अनुमानमा सभपाति देउवा आफूले जोबाट सभापति लिएको हो सोही परिवारलाई जिम्मा लगाउने मनस्थितिमा रहेको आँकलन पनि गरेका छन् । यसले कतै डा. कोइराला नै देउवाको उम्मेदवार बन्ने त होइन भन्ने चर्चा पनि बजारमा उत्तिकै छ । देउवा पक्षबाट पनि प्रकाशमान सिंह, पुर्णबहादुर खड्का सभापतिको उम्मेदवार बन्ने सोचमा रहनु भएको छ । तर यि सबै विषय अनुमानका हुन् वास्तविकता के हो भने कोइराला अब सभापति लड्ने निश्चित हो र उहाँको अभियान देशव्यापी रुपमा चल्ने निश्चित छ । यसमा गगन के गर्लान त भन्ने कौतुहलना पनि निकै छ । तर यो पनि के पक्का जस्तै छ भने गगन पनि सभापतिका बलिया उम्मेदवार रुपमा देखिनुहुन्छ ।
थापाले १४ औं महाधिवेशनमा शेखर कोइरालाको टिमबाट नै महामन्त्रीमा धेरै उत्साहजनक मत ल्याएर निर्वाचन जित्नु भएको थियो । यो पटक आफै शेखरविरुद्ध लाग्दा भने केही नकरात्मक प्रतिक्रिया आउने स्वभाविक छ तर यो कतिहदसम्म हुन्छ भन्ने मात्रै हो । तर पनि उहाँ पार्टीभित्र प्रभावशाली नेताका रुपमा स्थापित भने भैसक्नु भएको छ । उहाँलाई रोकेर सभापति बन्न कोइरालालाई पनि त्यति सहज भने देखिदैन । यि सबै अनुमानकाबीच अर्को कुनै ठुलो परिवर्तन नभए कांग्रेसमा कोइराला र थापा मध्ये जसले सभापति देउवाको समर्थन प्राप्त गर्न सक्छ उसको जीत भने निश्चित हुनेछ । तर यो समर्थन अरु नेताले पाएमा भने तयो अवस्था नआउने अनुमान पनि उत्तिकै बलियो छ ।
सभापति देउवाले सयमा नै महाधिवेशन गर्ने मौखिक प्रतिवद्धता जनाइसक्नु भएको छ श्र सोही अनुसार क्रियाशिल सदस्यको नविकरण र नयाँ दर्ता पनि सुरु भएको छ । यदि समयमा नै महाधिवेशन भयो भने कांग्रेसको नेतृत्व अब देउवा युगबाट अर्कोतर्फ सर्ने कुरामा भने निश्चित हुन सकिन्छ ।
यस्तो थियो १४ औं महाधिवेशको अवस्था
१४ औं महाधिवेशनमा देउवाले २७३३ मत ल्याएर कांग्रेस सभापतिमा दोस्रोपटक निर्वाचित हुनुभएको थियो । देउवाले आफ्ना निकटतम् प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई ८७८ मतले पराजित गर्नुभएको थियो । कोइरालाले १८५५ मत ल्याउनु भएको थियो
पहिलो चरणमा ५१ प्रतिशत मत नआएका कारण दोस्रो चरणको निर्वाचनमा देउवा विजयी बन्नु भएको थियो । दोस्रो चरणमा सभापति पदमा कुल ४६२३ मत खसेको थियो। त्यसमध्ये ३५ मत बदर भएको थियो।पहिलो चरणको निर्वाचनमा कुल ४६७९ मत खसेको थियो। ७६ मत बदर भएको थियो ।
सभापतिका पाँच जना उम्मेदवारमध्ये कल्याणकुमार गुरुङले २२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० मत शेखर कोइरालाले १७०२ र शेरबहादुर देउवाले २२५८ मत ल्याउनु भएको थियो । तर दोस्रो चरणको निर्वाचनमा गुरुङ, सिंह र निधि तिनै जनाले देउवालाई सहयोग गरेका थिए । अन्य तीन जना नेताहरुको सहयोगपछि देउवा भारी मतकासाथ सभपातिमा विजयी बन्नुभएको थियो । देउवा १३औं महाधिवेशनमा नेता रामचन्द्र पौडेललाई पराजित गरेर पहिलोपटक सभापति बन्नुभएको थियो ।