
शुकदेव दाहाल
मुलुकमा यतिखेर आम रुपमा धेरै प्रकारका निराशाहरु छन् । उद्योग धन्दाले सोचैजस्तो मुनाफा गर्न सकिरहेका छन् । राज्यलाई नै आफ्नो आर्थिकभार सम्हाल्न आफैलाई धौ धौ परिरहेको छ । आम युवाहरु रोजगारी र अध्ययनका नाममा विदेश पलायन भैरहेका छन् । एक प्रकारले भन्ने हो भने राज्य भित्रका धेरै अंग हरु नैराश्यतातर्फ गैरहेको हो कि भन्ने आभाष आम रुप हुन थालेको छ ।
तर यस बीचमा भएको एनएिल(क्रिकेट) प्रतियोगिताले धेरै कुरालाई बिर्साएर एक प्रकारको उत्साह थप्न सफल भएको छ । पहिलो पटक भएको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतियोगितालाई राष्ट्पति रामचन्द्र पौडेदेखि प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेतातहरुले निकै उत्साह र चासो लिएको देखियो ।
प्रधानमन्त्रीले प्रतियोगी मध्ये विजयी टिम, त्यसक ाप्रशिक्षक र क्यानका पदाधिकारीलाई सम्मान गर्नुभएको छ । उहाँले सरकारले क्रिकेट रंगशाला निर्माणदेखि किर्तिपुरमा रहेको रंगशालालाई व्यवस्थित गर्ने प्रतिवद्धता पनि जनाउनु भएको छ । प्रतियोगितामा खेलसमयसम्म बसेर नेताद्धय देउवा र दाहालले विजयी खेलाडीलाई पुरस्कार वितरण गर्नुभयो । यो भन्दा पनि अझ महत्वपूर्ण कुरा त के छ भने हजारौ युवाहरु खेल हेर्न उत्तिकै उत्साहकासाथ पुगेका थिए । चोक चोकमा क्रिकेट हेर्ने व्यवस्था थियो । घर घरमा हुनेहरु उमेर समूह नभनी क्रिकेट खेल हेरेको देखियो । यसरी हेर्दा यो एक प्रकारले महापर्व जस्तै बनेको थियो ।
पहिलो पटक सफल रूपमा सम्पन्न गरेर नेपालले विश्वलाई नेपाल क्रिकेटमा सक्षम छ भन्ने सन्देश दिएको छ । अर्कोतर्फ यति ठुलो प्रतियोगिता गरेर नेपालले अन्तराष्ट्यि स्तरका प्रतियोगिता पनि गर्न सक्षम भएको छ भन्ने देखाएको छ । यतिमात्रै होइन अर्थतन्त्रलाई माथि उठाउन राम्रै योगदान पुर्याउन सफल भएको छ । कुलमा एक अर्बभन्दा बढीको कारोबार एनपिएलमार्फत भएको बताइएको छ । यो अत्यन्त सकारात्मक संकेत पनि हो ।

शनिबारको अन्तिम खेलमा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा देखिएको व्यापक दर्शक उत्साहले देशमा नयाँ सम्भावनाको ढोका खोलेको छ । अन्तिम दिन जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको खेल अति नै रामाञ्चक रह्यो । कठिन मेहनतमा जित जनकपुर बोल्ट्सको भयो र एक करोड १० लाख हात पा¥यो । जित र हार यो एनपिएलको मूल विषय होइन । मंसिर १५ गतेदेखि सुरु एनपिएलको यो महापर्वले समग्रमा नेपालको गौरव संसारसामु चिनायो । देशले जितेको छ । क्रिकेट खेल स्थापित भएको छ । यसबाट खेलप्रेमीले मनोरञ्जन मात्र लिएनन् हाम्रा सयौं युवाहरुले क्रिकेटमार्फ आफूलाई स्थापित गर्ने अवसर पाएका छन् । क्रिकेटमा पनि भविष्य छ भन्ने सन्देश पनि दिएको छ । अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स पुगे ।
खेलमा साथ दिने काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले सक्नु खेले । खेल अवधिभरमा आफ्नो टिमलाई सशक्त उतार्न भगीरथ प्रयास गरेका थिए । तर प्रतियोगिता हो हार्ने र जित्ने स्वभाविक हो । यस हाज जित जे भएपनि उत्कृष्ट खेलाडी उत्पादन भएको छ । नेपालका होनाहार क्रिकेट प्रतिभासँगै ४३ विदेशी खेलाडी अनुबन्धित थिए । यसले नेपाल क्रिकेका लागि बलियो भएको पनि देखाइदिएको छ । तर अब यतिले मात्रै हामीले भनेजस्तो विकास सम्भव छैन ।
राज्यका तर्फबाट अब वास्तविक रुपमा नै ध्यान दिनु जरुरी छ । एनपिएलबाट हजारौं युवाहरु आफ्नो भविष्य क्रिकेटमा लगाउने सोचमा पुगिसकेका छन् । अब राज्यले लाखौं खेलप्रेमी उत्साह र खेलाडीहरुको भविष्य कुनैपनि बहानामा कमजोर बनाउन मिल्दैन । यदि त्यस्तो भने भने सिंगो राज्यमाथिको अन्याय हुनेछ । अब सरकारले क्रिकेट खेलको व्यापक पूर्वाधार विकास र विस्तार गर्न सरकारका नीति, योजना र कार्यक्रम ल्याउन सक्नुपर्दछ । सरकारका तर्फबाट गरिने योगदानबबाट नै क्रिकेटको भविष्य निर्धारण हुनेछ । यसतर्फ सरकार गम्भीर बनोस् ।