Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नुवाकोट कांग्रेसमा १४ हजार क्रियाशिल सदस्यले नविकरण गर्दै

नुवाकोट पुकार १० पुष २०८१, बुधबार ०८:५१

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १५ औं महाधिवेशन आउन डेड वर्ष बाँकी रहँदा क्रियाशील सदस्य नविकरण र वितरणलाई तिब्रता दिएको छ । यसैक्रममा नेपाली कांग्रेस नुवाकोटले दुईवटै निर्वाचन क्षेत्रमार्फत नविकरणका लागि फारम विरण गरिसकेको छ ।

जिल्ला सचिव बैकुण्ठ मिश्रका अनुसार जिल्लाबाट करिब १४ हजार क्रियाशिल सदस्यहरुलाई नविकरणमा लागि वडा वडा पठाइएको छ उहाँका अनुसार पौष १५ गतेसम्म वडा सम्मेलन सम्पन्न गरेर नविकरण फराम बुझाएका वडाहरुलाई पुस १५ पछि नयाँ फारम दिने तयारी गरिएको छ ।

कांग्रेसले पुस १५ भित्र वडा सम्मेलन आयोजन ागर्न निर्देशन दिएको छ । नेपाली कांग्रेसका अनुसार नुवाकोट जिल्लामा कांग्रेसको विधानमा महाधिवेशन भएको वर्ष क्रियाशील सदस्यता वितरण नगरिने व्यवस्था छ । अरु वर्ष भने नियमित रुपमा क्रियाशील सदस्यता वितरण गरिने व्यवस्था भएपनि कांग्रेसले गत वर्ष क्रियाशिल सदस्य वितरण गरेन । तर यस पटक महाधिवेशन नजिकिएपछि मात्रै सदस्यता वितरणमा तातेको देखिन्छ ।

यता केन्द्रले भने कांग्रेसले क्रियाशील सदस्य सबै जिल्लामा पठाईसकेको जनाउँदै वितरण प्रक्रियालाई अघि बढाउन जिल्ला सभापतिहरुलाई निर्देशन दिएको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बिहीबारको बैठकले क्रियाशील सदस्य वितरण गर्न निर्देशन दिँदै सदस्यता वितरण नरोक्न पनि भनेको छ ।

जिल्ला सभापतिले क्रियाशील सदस्यता फारम रोकेको भेटिए केन्द्रीय समितिले हस्तक्षेप गरेरअघि बढ्ने निर्णय गरेको समितिका सदस्य प्रकाश रसाईलीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।समितिको अर्को बैठक यही पुस १८ गते बस्ने जनाइएको छ । कांग्रेसको १५ औं महाधिवेशन आगामी २०८३ सालभित्र भैसक्नुपर्ने व्यवस्था रहेको छ । कांग्रेसले १५ लाख भन्दा बढि क्रियाशिल बनाउने योजना अघि सारेको छ । हाल कांग्रेसमा ८ लाख क्रियाशिल सदस्य रहेका छन् । गत वर्षको महाधिवेशन लक्षित गरेर ५० कायम सदस्यमा ५० प्रतिशत थप गर्ने निर्णय गरेको थियो । यस वर्ष पनि सदस्यता वितरणमा सिमा कायम नगरी फारम पठाइएको कांग्रेस केन्द्रीय कार्यालले जनाएको छ ।

Continue Reading

Previous: एनपिएलले देखाएको उत्साह
Next: डिसेम्बर २५ः येशु ख्रीष्ट जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार