Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

पार्टीले कारबाही गरेपछि उषाकिरण भन्छिन्, म जस्ता धेरैलाई पार्टीले निरुत्साहित बनायो

नुवाकोट पुकार ११ पुष २०८१, बिहीबार ११:१८

काठमाडौं । नेकपा एमालेबाट कारबारीमा पर्नुभएकी पार्टीको केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले आफूलाई कारबाही गरेर एमालेले देशभरका धेरै नेता कार्यकर्तालाई निरुत्साहित बनाएको बताइएकी छिन् । बुधबार एमाले स्थायी कमिटिको बैठकले पार्टीबाट ६ महिना निलम्बन गरेको निर्णयपछि नुवाकोट पुकारसँग आज बिहान संक्षिप्त प्रतिक्रिया दिँदै नेतृ तिलिल्सिनाले आफूले बोलेको कुरा एक सय वर्षसम्म पनि सत्य रहने उल्लेख गरिन ।

लोकतान्त्रिक पार्टीमा बोल्ने कुरा स्वभाविक भएपनि त्यसलाई पार्टीले बन्देज लगाउन खोज्नुले एमाले आफैलाई ठुलो घाटा भएको उनको प्रतिक्रिया थियो । तिमिल्सिनाले कारबाहीको निर्णयसँगै आफूले अन्य कुरा नसोचेको भन्दै आफ्नो आधिकारिक धारणा मिडियासामू आएर प्रष्ट पार्ने बताएकी छिन् । नुवाकोटको तारकेश्वर गाउँपालिकामा जन्मिएकी उनी विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन ।

नेकपा एमालेमा शसक्त रुपमा आवाज उठाउन सक्ने युवा नेतृ तिमिल्सिना सानै उमेरमा पार्टीको केन्द्रीय सदस्य बन्न सफल भएकी छिन् । उनी विद्यार्थी राजनीतिमा पनि लोकप्रिय थिईन । उनलाई कारबाही गरिएको विषयमा नुवाकोटका एमाले बाहेकका अन्य राजनीतिक दलहरुले पनि असन्तुष्टि जनाएका छन् । धेरैले सामाजिक सञ्जालमार्फत लिमिल्सिनालाई कारबाही गरेर एमालेले आफ्नो असली चरित्र देखाएको आरोप समेत लगाएका छन् ।

तिमिल्सिनासहित एमाले पोलिटब्यूरो सदस्य विन्दा पाण्डेले एमालेले भाटभटेनीका मालिक मीनबहादुर गुरुड.सँग पार्टी कार्यालय बनाउन लिएको सहयोग गलत भएको भन्दै टिप्पणी गरेका थिए । सोहि विषयलाई लिएर एमालेले नेतृद्धयसहित भीम रावललाई स्पष्टिकरण सोधेको थियो । सोही स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै उषाकिरण र विन्दालाई ६ महिना निलम्बन गरेको छ भने रावललाई पार्टीको संगठित सदस्यबाट नै हटाएको छ । एमालेको उक्त निर्णयलाई लिएर सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया बाहिर आइरहेका छन् ।

Continue Reading

Previous: कांग्रेस —एमाले संयन्त्रले संविधान संशोधन र कानुन निर्माणका लागि कार्यदल बनाए
Next: शेयर बजारमा सामान्य सुधार, विकास बैंक समूह भने राताम्मे

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार