Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

रुपिनदेवीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

नुवाकोट पुकार १६ पुष २०८१, मंगलवार १०:१८

विदुर । नुवाकोट जिल्लाको विदुर नगरपालिका कार्यक्षेत्र रहेको रुपिनदेवी बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पनन भएको वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष रोशन शाहले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष शाहका अनुसार संस्थाको सेयर पुँजी १ करोड १५ लाख २९ हजार १०० रुपैँया रहेको र महिला १७६ जना र पुरुष ३४३ जना रहेको संस्थाले ५ करोड ४३ लाख २९ हजार ७०५ रुपैँया बचत सङ्कलन गर्न सफल भएको जानकारी दिनुभयो ।

संस्थाको वार्षिक प्रतिवेदन अनुसार व्यवसायिक कर्जामा १ करोड २४ लाख ३८ हजार ३९३ रुपैँया, व्यक्तिगत कर्जामा ५९ लाख २५ हजार ८४५ रुपैँया र आवधिक कर्जामा १७ लाख ७० हजार रुपैँया ऋण लगानी गरेको छ ।संस्थाले आव २०८०र०८१ मा कम दैनिक बचत गरेको छ । १५ लाख ८१ हजार ८४० रुपैँया दैनिक बचत गरेकोमा आव २०७९र०८० मा १९ लाख १४ हजार २८६ रुपैँया दैनिक बचत सङ्कलन गरेको थियो।प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०र०८१ मा संस्थाका पदाधिकारी, सदस्य र लेखा समितिका सदस्यहरुले २२ लाखभन्दा बढी ऋण लिएको छ । संस्थाको जगेडा कोष ३ लाख १३ हजार ९७३ रुपैँया रहेको छ ।

नुवाकोट उद्योग वाणिज्य सङ्घ नुवाकोटका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बेगबहादुर सुनार उत्कृष्ट बचतकर्ता र कुमार विक उत्कृष्ट ऋणीलाई सम्मान गरिएको थियो ।यस्तै, संस्थाले शैक्षिकसत्र २०८०मा एसइईमा उत्तीर्ण सेयर सदस्यहरुमध्येका रनिशा सुनार, अञ्जिल कार्की र सिम्रीका रिजाललाई सम्मान प्रदान गरिएको थियो। यस्तै कार्यक्रमको उद्घाटन गर्दै नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उप्रेतीले लगानी डुब्दा संस्था धरासायी हुने भएकोले पूँजीगत लगानीमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो

। उहाँले धितो मुल्याङ्कन समितिले सुक्ष्म अध्ययन गरेर मात्र ऋण लगानी प्रवाह गर्नुपर्ने सुझाव दिँदै अहिलेको अवस्थामा सहकारीहरुलाई जोगाउन सक्नु महत्वपूण कुरा भएको उल्लेख गर्नुभयो । विदुर ९ कोलनीमा रहेको सहकारीको साधारणसभाले अध्यक्षको प्रतिवेदनसहित लेखा प्रतिवेदन लगायतका प्रस्तावहरु सर्वसम्वत रुपमा पारित गरेको अध्यक्ष शाहले जानकारी दिनुभयो ।

Continue Reading

Previous: रोशीका १२ सय विपद् प्रभावितलाई डब्लूएफपीको आर्थिक सहयोग
Next: नेपाली ब्रान्ड जुत्ताको ‘बम्पर सेल मेला’ मा पचास प्रतिशतसम्म छुट

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार