Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नेपाली ब्रान्ड जुत्ताको ‘बम्पर सेल मेला’ मा पचास प्रतिशतसम्म छुट

नुवाकोट पुकार १६ पुष २०८१, मंगलवार १७:२६ 1 min read

नेपाली ब्रान्ड जुत्ताको ‘बम्पर सेल मेला’ मा पचास प्रतिशतसम्म छुट काठमाडौं भृकुटी मण्डपमा नेपालका प्रतिष्ठित उद्योगहरूबाट उत्पादित नेपाली ब्रान्डका जुत्ताको ‘बम्पर सेल मेला’ सुरु भएको छ।

नेपाली उत्पादनलाई प्रोत्साहित र प्रवर्द्धन गर्दै उपभोक्तालाई एकै छानाबाट विभिन्न डिजाइनका जुत्ता–चप्पलहरू सस्तो दरमा उपलब्ध गराउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको जनाएको छ। यही पुस ९ बाट सुरु भएको उक्त मेला माघ १० सम्म सञ्चालनमा रहने भएकाले मेलामा ग्राहकहरूको रोजाइअनुसार पचास प्रतिशत सम्म छुटमा विभिन्न डिजाइनका जुत्ता–चप्पलहरू पाइने आयोजक डिल्ली सुवेदीले जानकारी दिए।

मेलामा ५ हजार प्रकारमा जुत्ता–चप्पलहरू राखिएको बताइएको छ । ‘मेलामा आएका हरेक खरिदकर्तालाई १५ देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ’,सुवेदीले भने। यस वर्षको जाडो मौसमलाई ख्याल गरेर स्पोर्टस तथा छालाका आकर्षक, गुणस्तरीय र टिकाउ किसिमका जुत्ता–चप्पलहरू उपलब्ध गराइँदै आएको बम्पर मेला आयोजक समितिले जनाएको छ । अघिल्ला मेलाहरूमा भन्दा यस पटक विशेष नेपाली उत्पादनलाई नै जोड दिएको अर्का आयोजक वासु रोकाले जानकारी दिए।

नेपाली बजारमा अहिले ८० प्रतिशत नेपाली ब्रान्डले नै धानेको उनको अनुभव छ। नेपाली र विदेशी कच्चा सामग्रीको प्रयोग गरी नेपाली उद्योगहरूबाटै निर्माण गरिएका सबै डिजाइनका जुत्ता–चप्पलहरू मेलामा राखिएको छ। यस मेलामा १० वटा कम्पनीको प्रत्यक्ष संलग्न रहेको र कम्तीमा ३५ वटा कम्पनीले उत्पादन गरेका सामानहरू मेलामा राखेर उपभोक्तालाई छनोटमा सहज गराइएको रोकाको दाबी छ।

नेपालमा नेपाली उत्पादनले राम्रो बजार लिए पनि छिमेकी मुलुक भारतसँगको खुला सिमानाका कारण चोरी पैठारी गरी भन्सार छलीमा भित्रिएका जुत्ता–चप्पलहरू सस्तोमा बिक्री वितरण हुने गरेकाले नेपाली उद्योगमाथि केही समस्याहरू रहेको बताइएको छ। जुत्ता–चप्पलमा मुलुकलाई आत्मनिर्भर बनाउने यो व्यवसायलाई संरक्षण प्रवर्द्धन र विस्तार गर्न राज्यले स्वदेशी उद्योग र उद्यमीलाई आवश्यक सहयोग र सुविधा उपलब्ध गराइनुपर्ने व्यवसायीहरूको माग छ । त्यसो भएमा नेपाली उत्पादनहरू उपभोक्तालाई अझै सस्तो मूल्यमा उपलब्ध गराउन सकिने उनीहरूको दाबी छ।

Enter

Continue Reading

Previous: रुपिनदेवीको १२ औं वार्षिक साधारणसभा सम्पन्न
Next: नवौं झिल्टुङ क्रस कन्ट्री दौड माघ ५ गते

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार