
फाइल तस्बिर
विदुर । ,जे गरौं गज्जबले गरौँ, भन्ने नाराकासाथ नवौं ,झिल्टुङ क्रस कन्ट्री दौड, प्रतियोगिता माघ ५ गते आयोजना गरिने भएको छ ।
स्थानीय मोहन नेपालको परिकल्पनामा सुरु भएको खेल पछिल्लो समय भने स्थानीय सरकारले नै सञ्चालन गर्दै आइरहेको छ । यसअघि नेपालले आफ्नो समूहको खर्चमा प्रतियोगिता आयोजना गर्दै आउनु भएको थियो ।
बेलकोटगढी नगरपालिकामा वडा नं ५ को आयोजनामा हुने प्रतियोगितामा विभिन्न सात चरणको दौड प्रतियोगिता आयोजना गरिने जनाइएको छ । बेलकोटगढी नगरपालिका वडा नं ५ ले मंगलबार जारी गरेको सार्वजनिक सूचना अनुसार दौडमा १३.४ किलोमिटरको महिला र पुरुष खुल्ला, १३.४ किलोमिटर खुला स्थानीय, ४.५ किलोमिटर खुला र स्थानीय जुनियर १६ वर्षमुनि, ४.५ किलोमिटर स्थानीय ४५ वर्षमाथि, भेट्रान्स १३.४ किलोमिटर खुला र स्थानीय आमाहरुको १.५ किलोमिटर रिले प्रतिस्पर्धा हुने छ ।
दौड नुवाकोटस्थित कोल्पुटारबाट सुरु भएर बेलिनि, खड्गाछाप, राजओडार, सालचौर हुँदै कोल्पुरटारमा पुगेर सकिने बताईएको छ । क्रस कन्ट्री दौडको मुख्य विधा १३.५ को महिला र पुरुष विजेतालाई २० हजार, द्धितिय पुरस्कार १३३४४ र त्रितिय पुरस्कार ६६६७ रुपयाँ राखिएको छ ।
यस्तै ४.५ को १६ वर्ष मुनिका छात्र छात्रालाई प्रथम पुरस्कार १३३४४,द्धितिय पुरस्कार ९३४४ र त्रितिय पुरस्कार ६६६७ रुपयाँ राखिएको छ । ४.५ अन्तर्रगतकै स्थानीय १६ वर्ष मुनिका छात्र छात्रा १६ वर्ष मुनिकालाई प्रथम पुरस्कार ८ हजार, द्धितिय पुरस्कार ५३४४ र त्रितिय पुरस्कार २६६७ रुपयाँ राखिएको छ ।
यस्तै ४.५ कै ४५ वर्ष माथिका नगरपालिका भित्रका पुरुषहरुको दौड प्रतियोगिताका लागि प्रथम पुरस्कार ८ हजार, द्धितिय पुरस्कार ५३४४ र त्रितिय पुरस्कार २६६७ रहेको छ । भेटन् खुला प्रतियोगितामा १३.५ का लागि प्रथम १०६६७,द्धितिय ८ हजार र त्रितिय ५३३४ रहेको छ ।
यस्तै स्थानीय आमा समूह५.४ बेलकोटगढी नगरपालिका भित्रका महिलाहरुका लागि प्रथम पुरस्कार १६ हजार,द्धितिय १०६६७ र त्रितिय पुरस्कार ८ हजार रहेको आयोजक संस्था बेलकोटगढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष मदन भुजेलले जानकारी दिनुभयो । प्रतियोगिताको औपचारिक उद्घाटन कोल्पुटार हुनेछ । कार्यक्रममा विभिन्न सांस्कृति कार्यक्रमसहति स्थानीयहरुको सहभागिता रहने आयोजक संस्था बेलकोटगढी वडा नं ५ ले जनाएको छ
