Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

माघ २२ गतेदेखि फागुन ६ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन हुने

नुवाकोट पुकार १६ पुष २०८१, मंगलवार १९:४२

काठमाडौँ, पुस १६ गते। सरकारले माघ २२ गतेबाट १६ लाख बालबालिकालाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी)खोप अभियान सुरु गर्ने भएको छ। 

देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो। 

स्वास्थ्य पत्रकार मञ्च, नेपाल र राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा एचपिभी खोप सम्बन्धी सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रममा यस्तो कुराको जानकारी दिइएको हो।  

परिवार कल्याण महाशाखा  अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले विद्यालय जाने ६ देखि १० कक्षामा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई लगाउने डा. गौतमले जानकारी दिनुभयो। 

यो भन्दा पहिले आर्थिक वर्ष २०७२/७३,७३/७४ मा गाभीको सहयोगमा दुई वर्ष चितवन र कास्की जिल्लामा परीक्षण कार्यक्रमको रूपमा एचपिभी खोप अभियान सञ्चालन गरिएको थियो।

डा. गौतमका अनुसार यो खोप ह्युमन प्यापिलोमा भाइरबाट हुने पाठघेरको मुखको क्यान्सरबाट सुरक्षित गर्छ। डा. गौतमका अनुसार यो खोप एचपिभी प्रजाति १६ र १८ को कारणबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सरबाट हुनबाट सुरक्षित गर्दछ। 

विश्व स्वास्थ्य सङ्गठनले गुणस्तरयुक्त भन्दै प्रमाणित खोप मात्र नेपालमा खरिद आपूर्ति गरिन्छ र यो खोप नेपालमा प्रयोग गर्नको लागि औषधी व्यवस्था विभागले समेत अनुमति प्रदान गरेको छ। 

यो खोप ९८ देखि १०० सम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ। यो खोप १० देखि १४ वर्ष उमेरका किशोरीलाई १ मात्रा डोज दिए पुग्छ। यो खोप ०.५ एमएल पुग्ने डा. गौतम बताउनुहुन्छ। खोप सुइको माध्यमबाट बायाँ पाखुराको माथिल्लो भागमा मासुभित्र दिनुपर्दछ। 

यो खोप लक्षित समूहबाहेक अन्य व्यक्ति, गर्भवती, पहिला कुनै खोप लगाउँदा विगतमा गम्भीर एलर्जी प्रतिक्रिया भएको वा एनाफाइलेक्सिस प्रतिक्रिया भएको व्यक्ति, एचपिभी खोपमा भएका कुनै तत्त्वबाट गम्भीर एलर्जी भएको व्यक्तिले लगाउनु हुँदैन। 

Continue Reading

Previous: प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त
Next: नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार