Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

रावलले आज नयाँ पार्टी घोषणा गर्दै

नुवाकोट पुकार १७ पुष २०८१, बुधबार ०८:४५

विदुर । नेकपा एमालेले पार्टीको संगठित सदस्यबाट समेत निश्काशन गरेपछि एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले आज नयाँ पार्टीको घोषणा गर्ने तयारी गर्नुभएको छ । रावले आज राजधानीमा पत्रकार सम्मेलनका आयोजना गर्दै आफ्नो धारणासहितको नयाँ मोर्चाको घोषणा गर्न लाग्नु भएको बताइएको छ ।

नेकपा एमालेमा आफ्नो सबै जीवन समर्पण गर्नुभएका रावल एमालेसँगको विछोडपछि यो निश्कर्षमा पुग्नु भएको हो । रावलको एमालेसँगको सम्बन्ध निकै उतार चडावकाबीच अनत्य भएको छ । यद्यपि उहाँले नयाँ पार्टी नै खोल्ने वा तत्काल आफ्नो धारणा राखेर नयाँ साथीहरुसँग मोर्चाबन्दी गर्ने भन्ने विषयमा भने सार्वजनिक गर्नुभएको छैन ।

रावल निकट स्रोतका अनुसार उहाले तत्काल गैरबाम मोर्चा मात्रै बनाउने र केही समयपछि त्यसलाई पार्टीको रुपमा घोषणा गर्ने तयारीमा हुनुहुन्छ । नकपा एमाले पार्टी बाट राजनीतिमा स्थापित हुनु भएका डा. रावले माधव नेपालको नेतृत्वमा गठन भएको सरकार (२०६६)मा गृहमन्त्री र केपी ओलीको पहिलो मन्त्री परिषद (२०७२)मा पनि गृहमन्त्रीका जिम्मेवारीमा हुनुहुन्थ्यो ।

उहाँ अछाम–१ बाट सांस २०७० को निर्वाचनमा नेपाली कांग्रेसलाई झण्डै ५ हजार मत अन्तरले हराएर सांसद बन्नुभयो । बि.सं. २०७४ को आम निर्वाचनमा पुन ः अछाम बाट निर्वाचित हुन सफल हुनुभयो । बि. सं. २०७८ श्रावण ३ मा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासमा मत लिने दिन उहाँले सांसद पदबाट राजीनामा दिनुभयो । २०७८ मंसिरमा भएको नेकपा (एमाले)को १०औँ महाधिवेशनमा उनले अध्यक्षमा उम्मेदवारी दिएपछि रावलको एमाले अध्यक्ष केपी ओलीसँगको सम्बन्ध सुमधुर हुन सकेन ।

खरो रूपमा राष्ट्रिय राजनीतिमा उत्रने छवि बनाएका रावल अछामको साँफेबगर नगरपालिकाका जन्मनु भएको हो । पछिल्लो समय नेकपा एमालेका गतिविधिप्रति निकै असन्तुष्ट रहँदै आउनु भएका उहाँलाई पार्टीको हित विपरित अभिव्यक्ति दिएको भन्दै एमालेले सबै जिम्मेवारीबाट हटाएको छ ।

Continue Reading

Previous: पहिलो जननिर्वाचित प्रधानमन्त्रीको सम्झनामा
Next: राजदुतहरुले लिए शपथ

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार