
शुकदेव दाहाल
सन्दर्भ ः राष्ट्यि मेलमिलाप दिवस
नेपाली पात्रो अनुसार हिजो मंगलबार पौष १६ गते नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले आफ्नो जीवनमा आइपर्ने मृत्युदण्ड जस्तो जघन्य सजायको पनि प्रवाह नगरेर मेलमिलापको नीति दिएर स्वदेश फर्केको दिन हो ।
कोइरालामाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्कनुभएको सम्झनामा नै कांग्रेसले हिजो राष्ट्यि मेलमिलाप दिवस मनाएको छ । यसमा अर्थमा पंक्तिकारले पनि उहाँको त्यो देशभक्तिपूर्ण अदभुत समर्पणप्रतिको सम्मान स्वरुप यो पंक्ति तयार गरेको छ । कोइालाको त्यो देशभक्तिपूर्ण त्यागको तत्काीलन अवस्थामा कुनै प्रभाव पार्न नसकेपनि कालान्तरमा देशले त्यहि गन्तव्य पहिल्याउन सफल भएको थियो ।
जसका कारण पनि स्वर्गीय कोइराला आज नेपाली कांग्रेसको मात्रै होइन सिंगो एशियाका एक महान नेताका रुपमा मरणेपरान्त पनि उत्तिकै परिचति हुनुहुन्छ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो ।
विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । सोही वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो । आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो । तर उहाँ भारतमा रहँदा पनि नेपालमा रहेको पञ्चायती व्यवस्थाविरद्ध आफ्नो अभियानलाई भने जारी राख्दै आउनु भएको थियो ।
तर उहाँ नेपाल फर्कने वितिक्कै तत्कालिन शाही सरकारले विमानबाट त्रिभुवन विमानस्थलमा उहाँसहित नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी बिपी कोइरालालाई रिहा गरिएको थियो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई जसरी देश र जनताका लागि प्रयोग गर्नुभयो त्यसलाई अझ हजारौं वर्षपनि इतिहासले सम्मानकासाथ लेखिरहने निश्चित छ । १०३ वर्षीय जहानिया राणा शासन, जसले नेपाली जनतालाई रैतीको रुपमा राखेको थियो । राणाहरुमात्रै यो देशको नागरिक हुने र उनीहरुले मात्रै राज्यको शक्तिकौ नेतृत वगर्ने व्यवस्था थियो ।
सयौं वर्ष शासन गरेका शाहहरु समेत राणाहरुको बन्दीमा थिए । उनीहले जे भन्यो त्यहि हुने अवस्था थियो । जनता राणा शासनसँग शीर ठाडो पारेर बोल्न सक्ने अवस्था थिएन । यस्तो अवस्थामा पपनि कोइराला पविरा जसले राणा शानको अन्त्यका लागि नेतृतव गर्यो र २००७ सालमा देशमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापित हुन पुथ्यो । त्यसपछिका दिनहरुमा जनता नागरिकका रुपमा रहन राज्यको अधिकार उनीहरुले पनि उपभोग गर्न पाए त्यसले स्वर्गीय कोइरालासहितका नेताहरु गणेशमानसिंह, सुर्वर्ण शमशेर, कृष्णप्रसाद भट्टाईसहितका नेताहरुलाई देशले सँध सम्झिहरेको छ ।
अर्को कुरा कोइरलाको त्यो मेलमिलापको नीतिका कारण नै देशमा लोकतान्त्रिक आन्दोलनदेखि जनताबाट छानिएका जनप्रतिनिधिहरुले संविधानसभामार्फत संविधान जारी गर्नेसम्मको काम पछिल्ला वर्षहरुमा भएका छन् । यसले लोकतन्त्रलाई संस्थागत पनि बनाउँदै ल्याएको छ । तर पछिल्ला केही वर्षदेखि राजनीकि अन्योलता र दलहरुबीच देखिएको वैमनश्यताका कारण आज देश संक्रमकालिन अवस्थामा जस्तो हुन पुगेको छ । नागरिक सार्वभैम छन् । जनताका छोराछोरी राष्ट्पति छन्, महिलाहरु पनि राज्यको प्रमुख तहमा पुगन सक्ने बाटो खुला भएको छ । नागरिकले आफ्नो घरआँगनमा नै सरकार भएको अनुभूति गर्न पाएका छन् ।
देशले समावेसी रुपमा सबैका अधिकार सुरक्षित गरिदिएको छ । तर पनि आर्थिक रुपले देशले सफलता हासिल गर्न सकेको छैन । राजनीतिक स्थायीत्व हुन सकेको छैन । यो बेलाको अबको मुख्य कार्यभार भनेको राजनीतिक दलहरुबीच सहकार्य, एकता र मेलमिलाप नै हो । यसले मात्रै देशलाई सहि गन्तव्यमा पुर्याउन सक्छ भन्ने प्रक्तिकारको निश्कर्ष हो । यसर्र्थ सबै दलहरुलाई राष्ट्यि मुद्दामा एक भएर देशलाई आथिक र समाजिक रुपमा अघि बढाउन आग्रह गर्दै स्वर्गीय कोइरालाप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछ ।