
काठमाडौँ — नेपाली बजारमा अण्डाको मुल्य छाई नसक्नु भएको छ । पछिल्लो समय अण्डाको मुल्य प्रतिक्रेट झण्डै पाँच सय रुपयाँ पुगिसकेको छ भने एउटा किन्दा २५ रुपयाँ पर्नेछ ।
अन्डामा मुलुक आत्मनिर्भर भएको घोषणा गरिए पनि व्यवसायीले गत मंसिर १५ यता सातैपिच्छे मूल्य बढाइरहेका छन् । मागअनुसार आपूर्ति नभएको बहानामा उनीहरूले मूल्यवृद्धि गरिरहेका हुन् । गत मंसिर १५ मा मिडियम अन्डाको प्रतिक्रेट मूल्य ४ सय ४० र ठूलो अन्डाको प्रतिक्रेट मूल्य ४ सय ५५ रुपैयाँ थियो । मंसिर २१ मा मूल्य बढेर मिडियम अन्डा प्रतिक्रेट ४ सय ५५ रुपैयाँ र ठूलो अन्डा प्रतिक्रेट ४ सय ७० रुपैयाँ पुगेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।
मंसिर २७ सम्म आइपुग्दा अन्डाको मूल्य फेरि बढ्यो । संघले मंसिर २८ देखि लागू हुने गरी मिडियम अन्डा प्रतिक्रेट ४ सय ७० र ठूलो अन्डा प्रतिक्रेट ४ सय ८५ रुपैयाँ पुर्यायो ।मूल्य त्यतिमा मात्र सीमित बनेन, पुस ४ मा मूल्य फेरि बढ्यो र मिडियम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ८५ रुपैयाँ र ठूलो अन्डाको ५ सय रुपैयाँ पुर्याइयो । संघले पुस १२ मा फेरि नयाँ मूल्य तोक्यो– मिडियम अन्डाको प्रतिक्रेट ५ सय र ठूलो अन्डाको ५ सय १५ रुपैयाँ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
अण्डा बिरामी तथा बालबालिकासहित सबै खाले मानिसका लागि प्रोटिनयुक्त खानका रुपमा पर्दछ । तर अण्डाको बजार भाउँ बढ्दा सामान्य मानिसका लागि यो आकाशको फल आँखातरि मर जस्तो हुन पुगेको छ । यस्तै बजारमा बोइलर कुखुराको मासु पनि बढ्दै गएको हाल कुखुराको मासु प्रति किलो ३६० देखि ७० सम्म बजामराखुद्रा रुपमा बिक्री भैरहेको छ ।