Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

बागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगिता सुरु

नुवाकोट पुकार २० पुष २०८१, शनिबार १८:२५

भक्तपुर । सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्वको चाँगुनारायण नगरपालिकाले आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगिता सुरु भएको छ ।

वडा नं. ९ ताथलीमा नगरकोट भ्रमण वर्ष–२०८२ लाई लक्षित गरि ताथलीको ताथली फाँटमा धिमे प्रतियोगिता आयोजना गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बताउनुभयो ।

नगरपालिकामा रहेका मूर्त– अमूर्त सम्पदा संरक्षण र प्रवर्द्धनमा सहयोग पुर्‍याउन तथा नगरपालिकाले गर्न लागेको नगरकोट भ्रमण वर्षलाई वडा तहसम्म पुर्‍याउनका लागि धिमे बाजा प्रतियोगिता गरिएको उहाँले बताउनुभयो ।

नगरकोट भ्रमण वर्षको पूर्व सन्ध्यामा आयोजित प्रतियोगिताले नगरकोट भ्रमण वर्षको प्रचारप्रसार गर्न पनि सहयोग पुग्ने उहाँको भनाई छ ।

सो प्रतियोगितामा विजेता टोलीलाई नगद रू. ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमे बाजा, २ थान भुछ्या र सिछ्या प्रदान गरिनेछ भने द्वितीयलाई २५ हजार नगदसहित शिल्ड र प्रमाणपत्र एक थान धिमे, एक थान भुछ्या र एक थान सिछ्या, तृतीय हुनेलाई नगद १० हजारसहित शिल्ड, प्रमाणपत्र, एक थान धिमे र एक थान भुछ्या प्रदान गरिनेछ ।

यस्तै सान्त्वनालाई नगद ५ हजारसहित शिल्ड, प्रमाणपत्र र धिमे एक थान, उत्कृष्ट प्रस्तुति (निर्णायक छनोट)लाई धिमे बाजा १ थान, उत्कृष्ट छैटौँदेखि १० औँ स्थानसम्मका लागि भुछ्या १–१ थान र सहभागी प्रत्येकलाई मायाको चिनोको व्यवस्था गरिएको नगर प्रमुख खत्रीले बताउनुभयो ।

प्रतियोगितामा नेवारी खाजा तथा खाना फेस्टिभल विशेष आकर्षकको रुपमा राखिएको नगरपालिकाका नगर प्रवक्ता जनक खत्रीले बताउनुभयो ।

प्रतियोगिताको लागि ११ लाख रुपैयाँको बजेट अनुमानित गरिएको छ । प्रतियोगितामा काठमाडौँ उपत्यकाका साथै काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, नुवाकोट, धादिङ लगायतका जिल्ला र ती जिल्लाका नगरपालिका, गाउँपालिकाबाट गरी ५५ वटा टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको आज एक समारोहबीच प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उद्घाटन गर्नुभएको हो ।

Continue Reading

Previous: सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्छ ः उपप्रधानमन्त्री सिंह
Next: नुवाकोट उद्योग बाणिज्य संघको १९ औँ बार्षिक साधारणसभा सम्पन्न(तस्बिरसहित)

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार