
विदुर । नुवाकोट उद्योग बाणिज्य संघको १९ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्य सम्पन्न भएको वार्षिक साधारणसभामा उद्योगी व्यवसायीहरुले मुलुकको बिग्रदो अवस्थाका कारण उद्योगधन्दा सञ्चालनका लागि अप्ठेरो अवस्था आएको गुनासो गरेका थिए ।

विदुर ४ रानीमौरी ब्याङक्वेट बट्टारमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री बहादुरसिंह लामाले उद्योग व्यवसाय फस्टाएमा मात्रै रोजगारी सिर्जना हुने र देशको विकास हुने भन्दै जिल्लामा उद्योग धन्दा विस्तारका लागि आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले उद्योग धन्दा सञ्चालनका लागि सरकारको तर्फबाट आवश्यक सहजता गरिने विश्वस समेत व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री लामाले पछिल्लो समय उद्योगधन्दाहरु धारासायी बन्दै गएको भन्दै उद्योगहरुलाई टिकाउनका लागि सरकारका तर्फबट सक्ने सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । उद्योग बाणिज्य संघ नुवाकोटका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नगरपालिकाले उद्योग सञ्चालनका लागि गरेको सहयोग र सहजीकरणका विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा तयारी पोशाक संघका अध्यक्ष पशुपतिदेव पाण्डे,केन्द्रीय सदस्य ताराबहादुर कार्की, नुवाकोट उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शन्तोष उप्रेती,दिनेश श्रेष्ठ,महासचिव उपेन्द्र बुढाथोकी,लगायतका वक्ताहरुले महासंघको कार्यक्रम र आगमी कार्यदिशाका विषयमा आआफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, पूर्व संविधानसभा सदस्य राज्यलक्ष्मी पाण्डे श्रेष्ठ, विदुर विदुर खानेपानी उपभोक्ता समितिका सभापति सञ्जिव श्रेष्ठ, राप्रपा जिल्ला अध्यक्ष कुलबहादुर खड्गी लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा महिला उधमीहरुद्वारा उत्पादित सामाग्री प्रदर्शनी ,कृषकले स्थानीय रुपमा उत्पादन गरेका तरकारी तथा फलफूल प्रदर्शनीका साथै जिल्लामा रहेका उत्कृष्ट व्यवसायी सम्मान,निःशुल्क सुगर र प्रेसरको परिक्षण समेत गरिएको थियो ।

यस्तै बिदुर युवा रेडक्रस सर्कल बिदुर बिदुर सिटी युथ क्लब बिदुरको सयूक्त आयोजना नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटको समन्वय नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा जिल्लामा उद्योगी व्यवसायी तथा सर्वसाधराणहरुले समेत प्रदर्शनीको अवलोकन गरेका थिए । यस्तै संघले साधारणसभामार्फत उद्योगी व्यवसायीहरुको हितका लागि नयाँ कार्यक्रम समेत ल्याएको संघका वरिष्ठ उपाध्यक्ष उप्रेतीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । सस्तै साधारणसभामो उद्योग सञ्चालनका तथा सहज ऋणको लागि सरकारको तर्फबाट पहलका लागि समेत आग्रह गरेका छन् ।
