Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

पत्रकार महासंघ काठमाडौं शाखाको पहिलो बैठकले गर्यो यस्ता निर्णयहरु

नुवाकोट पुकार २० पुष २०८१, शनिबार १९:४५


काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २७औँ महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट निर्वाचित काठमाडौं जिल्ला शाखाको शुक्रबार पहिलो बैठक बसेको छ । बैठकले विभिन्न निर्णयहरू गरेको छ।

बैठकले २७ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन योगदान गर्ने महासंघको निवर्तमान कार्यसमिति, तीनै तहका निर्वाचन समितिहरू, सरोकारवाला संघसंस्था, महासंघका सदस्यहरू, सबै प्रति धन्यवाद ज्ञापन गरेको छ ।

यस्ता छन् पहिलो बैठकको निर्णयहरुः
१ नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको १२ औं जिल्ला अधिवेशन सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने शाखाका सम्पूर्ण साधारण सदस्य, निवर्तमान कार्यसमिति,निर्वाचन समिती, विभिन्न संघ संगठन तथा निर्वाचनको वातावरणलाई सहज बनाउन खट्नुहुने सबैमा हार्दिक धन्यवाद सहित विशेष आभार प्रकट गर्ने निर्णय गरियो ।

२ पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथीका रुपमा सहभागी पुर्वप्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सबै विशिष्ट अतिथी र अतिथिहरुलाई विशेष धन्यवाद ज्ञापन गरियो

३ १२ औं जिल्ला अधिवेशनमा आफ्नो अमुल्य मत प्रदान गरेर नयाँ कार्यसमितिलाई निर्वाचित गराउन विशेष भुमिका निर्वाह गर्ने सबै मतदाता ज्युहरुप्रती हार्दिक धन्यवाद दिने निर्णय गरियो।

४ नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानलाई यस अघिकै जस्तो निरन्तरता दिन महासंघको सदस्यता नविकरण शाखाको सिफारिसमा मात्र गराउने र त्यसका लागि शाखाले लेटरहेडमा नाम सिफारिस गराएर पठाएपछी मात्र केन्द्रबाट नविकरण हुने ब्यवस्था गर्नका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई र बोधार्थ उपत्यका प्रदेश समितिलाइ दिने गरि पहिलो बैठकबाट नै पत्राचार गर्ने निर्णय गरियो।

५.स्वरोजगार मुलक संचारमाध्यमको प्रवद्र्धन र सरकारले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनलाई समय सापेक्ष बनाउनका लागि आवश्यक तयारीसहित समन्वय गर्न छिटै आवश्यक संयन्त्र गठन गर्ने निर्णय गरियो । सथै समानुपातिक विज्ञापन अनलाइन मिडिया लाई समावेश गरि समानुपातिक रुपमा वितरण गर्न समन्धित निकायलाई ध्यानाकर्षण गर्ने निर्णय गरियो ।

६ शाखालाई नियमित खुला राख्ने गरि प्रवन्ध गर्न छिटै एक जना कर्मचारी राख्ने गरि ब्यवस्था मिलाउने निर्णय गरियो।

Continue Reading

Previous: नुवाकोट उद्योग बाणिज्य संघको १९ औँ बार्षिक साधारणसभा सम्पन्न(तस्बिरसहित)
Next: यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार