Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सर्वसुभल सुविधामा विनायक अस्पतालको सेवा उत्कृष्ट

नुवाकोट पुकार २१ पुष २०८१, आईतवार ०९:२८

अस्पतालको २८ औं साधारणसभाको अवसरमा प्रमुख अतिथिसहित अस्पताका अध्यक्ष तथा प्रवन्ध निर्देश्क केपीलामिछाने,वडा अध्यक्ष रामभक्त घिमिरेसहित सञ्चालक समितिका पदाधिकारी तथा अन्य अतिथिहरु ः तस्बिर नुवाकोट पुकार डटकम

काठमाडौं । राजधानीको गोंगबुमा रहेको बिनायक अस्पताल तथा प्रस्सुती गृहको २८ औंँ साधारण सभा सम्पन्न भएको छ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभामा संस्थाका अध्यक्ष तथा प्रवन्ध निर्देशक केपी लामिछानेले संस्थाको वार्षिक प्रतिवेदन तथा कार्ययोजना पेश गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष लामिछानेले कार्ययोजना पेश गदै गरिब तथा असहायका लागि अस्पतालले सहुलियतमा सेवा प्रावह गर्दै आएको जानकारी दिनुभयो । उहाँले अस्पतालले गाउँ गाउँमा स्वास्थ्य शिविरमार्फत पनि निःशूल्क सेवा प्रवाह गरेको जानकारी दिँदै आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख अधिकारीले विनायक अस्पतालले सर्वसुलभ रुपमा सेवा प्रवाह गरेको भन्दै नगरपालिकाका तर्फबाट विशेष धन्यवाद दिनुभएको थियो । उहाँले नगरपालिकाले आम नगरबासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनका लागि विशेष कार्यक्रमहरु सञचालन गर्दै आएको जानकारी समेत दिनुभयो ।

कार्यक्रममा टोखा ९ को वडा अध्यक्ष राम भक्त धिमिरेले अस्पतालको सर्वसलभ सेवाप्रति धन्यवाद ज्ञापनगर्दै आगामी दिनमा पनि यस्ता सेवाहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो । सो अवसरमा उत्कृष्ट कार्य गरेको भन्दै अस्पतालका पाँच जना कर्मचारीलाई सम्मानित गरिएको थियो ।

सामान्य स्वास्थ्य क्लिनिकका रुपमा सञ्चालनमा आएको उक्त अस्पताल हाल ५० शष्याकासाथ २४ सै घण्टा सञ्चालनमा छ भने सिटिक्यान, एमआरआई लगायतका विशिष्ट सेवाहरु २४ सै घण्टा सञ्चालनमा रहेको अस्पतिालले जनाएको छ । साथै आफ्नै भवनमा एकसय शष्याकासाथ आफ्नै भवनमा अस्पताल सञ्चालनको तयारी समेत हुँदै आएको अध्यक्ष तथा प्रवन्ध निर्देशक लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालले यो वर्ष ५ करोड भन्दा बढिको कारोबार गरेको छ ।

अस्पतालका प्रवन्ध निर्देशक तादी गाउँपालिका स्थायी घर लामिछाने नुवाकोट जिल्लाका एक समाजिक व्यक्तित्वका रुपमा समेत परिचित हुनुहुन्छ । उहाँ गत स्थानीय तहको निर्वाचनमा तादी गाउँपालिकामा अध्यक्षको उम्मेदवार बन्नुभएको थियो ।

उक्त अस्पतालमा नुवाकोट ,रसुवा धादिड.सहितका जिल्लाबाट धेरै बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

Continue Reading

Previous: ‘व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैन : काउन्सिल अध्यक्ष शाही
Next: सर्वेन्द्र खनालले एमाले छाडेपछि गोकुलको सुझावः खाएको थालमा चुठ्नु राम्रो होईन

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार